पोखरामा अलपत्र २४ पर्यटकलाई काठमाडौँ पठाइयो
कास्की । कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारणले आफ्नो देश फर्किन नपाएका २४ जना पर्यटकलाई बिहीबार स्थलमार्गबाट काठमाडौँ पठाइएको छ ।
नेपालस्थित विभिन्न मुलुकका दूतावासको अनुरोधमा गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयलाई लकडाउनबाट अलपत्र पर्यटकलाई उद्धार गरी पठाउन निर्देशन भएबमोजिम ती पर्यटकलाई काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।
उद्धार गरिएका पर्यटकमा फ्रान्सेली १०, बेलायतका सात, अमेरिकी र चिनियाँ दुई÷दुई तथा ट्रकी, स्वीडेन र इटालीका एक÷एक जना रहेका छन् । उनीहरुलाई लेकसाइडस्थित बाराहीघाटमा जम्मा गरेर पठाइएको थियो । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर पर्यटक बसमार्फत उनीहरुलाई राजधानी काठमाडौँ पठाइएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख गणेश खनालले जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी कार्यालय तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले अलपत्र पर्यटकको उद्धारमा समन्वय गरेका थिए । फ्रान्सले शुक्रबार विशेष चार्टर्ड विमानमार्फत नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजाने तयारी गरिएको बताइन्छ । लकडाउन आदेश जारी भएपछि हालसम्म पोखराबाट ८६८ अलपत्र पर्यटकको उद्धार गरिसकिएको पर्यटक प्रहरी कार्यालयले जनाएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…