कोरोनाबाट पहिलो मृत्यु
काठमाडौँ । नेपाला कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको शनिबार औपचारिक पुष्टि गरेको छ ।
सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताडा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारकालागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । कोरोनाभाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार हाल मुलुकभर २८१ जना कोरोना संक्रमित छन् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …