इदउलफित्र सोमबार मनाइँदै
काठमाडाैं । इस्लाम धर्मावलम्बीहरुको ठूलाे पर्व रमजान (इदउलफित्र) सोमबार मनाउने भएका छन् ।
एक महिनासम्म चल्ने यो पर्वमा सो समुदायका धर्मावलम्बी दिनमा निराहार बसेर एक महिनाको रोजा व्रत आज पूरा गरेका छन् भने इदउलफित्र मनाउन तयारीमा जुटेका छन् ।
इदउलफित्र नमाज सामूहिक रुपमा इदगाहमा पढ्नुपर्ने र यसवर्ष कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने तथा मुलुकमा लकडाउन पनि कायमै रहेकाले यो नमाज घर घरमै पढ्न राष्ट्रिय मुस्लिम आयोगले जारी गरेको सार्वजनिक सूचना जनाइएको छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४१ हो भने रमजान महिना नवौँ महिना हो ।
रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
यसमा मुस्लिमले आफ्नो गच्छेअनुसार परिकार बनाएर खाने गर्छन् भने एकले अर्कालाई इद मुबारक भनेर शुभकामना आदानप्रदान गर्ने गर्छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…