नेपालमा कोरोना संक्रमित ६७५, निको भए १०५
काठमाडौं । नेपालमा सोमबार एकै दिन थप ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित संक्रमितको कुल संख्या ६सय ७५ पुगेको छ ।
सोमबार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेकोस्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।
मन्त्रालयका अनुसार रौतहटको राजपुर फरहदवा नगरपालिका र इशनाथ नगरपालिकाका १८ देखि ५३ वर्ष उमेर समूहका २६ जनामासंक्रमण पुष्टि भएको हो ।
त्यसैगरी बाराको कलैया र कोटवालीका २ जना पुरुष तथा गढीमाई नगरपालिकाका २१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।दैलेखको नारायण नगरपालिकाका ४ पुरुष, ढुंगेधर गाउँपालिकाकी एक महिला, गुराँस गाउँपालिकाका २ पुरुष गरी ७ जनामा संक्रमणपुष्टि भएको छ ।
काठमाडौंको टोखाका २ जना पुरुष र बूढानीलकण्ठका एक जनामा पुरुषमा संक्रमण पुष्टि भएको छ । बाँकेको दुधवा र राप्ती सोनारीगाउँपालिकाका ४ जना पुरुष र बर्दियाको बाँसगढी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी धनुषाको नगराइन नगरपालिका–३ का ३ जना पुरुष, सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका २ जना पुरुषमा तथा कपिलवस्तुकोशिवराज नगरपालिका वडा नम्बर ४, ५ र ६ का ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
हालसम्म संक्रमण पुष्टि भएकामध्ये १०५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक गरी ३ जनाको मृत्युभएको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …