सगरमाथाको उचाई मापन गर्ने चिनियाँ टोली शिखरमा
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सगरमाथा आरोहणका लागि आरोहीहरु सुन्यमा रहेको बेला चिनियाँ सर्भेयरहरुको टोली बुधबार सगरमाथा (चिनियाँ नाम चोमालुङ्मा) को शिखरमा पुगेका छन् । सिन्ह्वा समाचार एजेन्सीका अनुसार आठ जनाको उचाई मापन टोली बुधबार सगरमाथाको उत्तरी मोहोडाबाट शिखरमा पुगेको हो । यो चीनतिरबाट सगरमाथा आरोहण गर्ने बाटो हो ।
टाेली मंगलबार ७७९० मिटरको उचाईमा रहेको दाेस्रो क्याम्पबाट शखरतर्फ अघि बढेको थियो । मंगलबार नै उनीहरु सगरमाथाको ८३०० मिटरको उचाईमा रहेको असल्ट क्याम्प पुगेका थिए ।
चिनियाँ समाचार संस्था सीजीटीएनले गरेको लाइभ कमेन्ट्री अनुसार माैसमले साथ दिएका कारण शिखरमा पुग्न संभव भएको हो । त्यहाँ टोलीले अब्जरभेसन पोल स्थापना गरेको छ । उक्त अब्जर्भेसन पोलबाट आवश्ययक डाटाहरु संकलन गर्ने बताइएको छ ।
चीनले सगरमाथाकाे उचाइको पछिल्लो मापन तयारी अप्रिल ३० मा गरेको बताइएको छ । तर त्यसपछि दुई पटक खराव माैसमका कारण स्थागित भएको थियो ।
सिन्ह्व नेटका अनुसार सन् १९४९ मा नजगणतन्त्र चीनको स्थापना पछि चिनियाँ सर्भेयरहरुले छ पटक सगरमाथाको उचाई मापन गरिसकेका छन् । समाचार अनुसार सन् १९७५ मा सगरमाथाको उचाई ८८४८।१३ मिटर र सन् २००५ मा ८८४८।४३ मिटर मापन गरेर सार्वजनिक गरिएको थियो ।
नेपालले पनि पछिल्लो पटक गत वर्ष सगरमाथाको उचाई मापन गरेको थियो । त्यसमा नापी िवभागका अधिकृतहरु संलग्न थिए । तर उक्त मापनको नतिजा भने प्रकाशित गरिएको छैन ।
यसअघि चिनियाँ पक्षले सगरमाथा क्षेत्रमा फाइभ जी नेटवर्कसमेत स्थापना गरेको छ ।
https://www.facebook.com/ChinaGlobalTVNetwork/videos/733694837376916/?v=733694837376916
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…