निगमको दुबई र दोहा उडान स्थगित, अष्ट्रेलिया जून २३ मा
काठमाडाैं । नेपाल एयरलाइन्सको पूर्वनिर्धारित तालिका अनुसार मंगलबार हुने भनिएको दुबई र दोहा गन्तव्यको चार्टर्ड उडान स्थगित भएको छ ।
निगमले दुबै उडान रद्दबारे मंगलबार बिहान विमानस्थललाई अवगत गराएको थियो । निगमको सोमबार मलेसिया र माल्दिभ्सको उडान पनि स्थगित भएको थियो । निगमको वाइड बडी जहाजले जुन १४ तारिखमा बङ्गलादेशको ढाकाबाट उद्धार उडान गरी २५८ नेपाली ल्याएको थियो । निगमले जुन १४ देखि २५ सम्म चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
अष्ट्रेलियाको उद्धार उडान सर्यो
नेपाल एयरलाइन्सले जुन १७ तारिखमा अष्ट्रेलियाको सिड्नीमा हुने भनिएको उद्धार उडान पनि सरेको छ । आगामी जुन २३ मा पहिलो र जुन २६ मा दोस्रो उडान हुने जनाइएको छ । प्राविधिक कारण उद्धार उडान सार्नुपरेको निगमले उल्लेख गरेको छ ।
निगमका प्रवक्ता अर्चना खड्काले संस्कृति, पर्यटन मन्त्रालयबाट उद्धार चार्टर्ड उडानको तालिका परिमार्जित भएर आएकाले पूर्वनिर्धारित तालिकामा उडान नभएको जानकारी दिनुभयो । मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्ने गरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ । यसैबीच कोरियन एयरको जहाजले २३५ यात्रुलिएर दक्षिण कोरियाको सिओल उडेको छ । कोरिया फर्किनेमा नेपाली कामदार रहेको बताइएको छ ।
श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै
विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले मंगलबारदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । नेपालबाट ४१ यात्रु लिएर कोलम्बो उडेको जहाज आजै उताबाट नेपाली लिएर फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
हिमालयकै अर्को न्यारोबडी जहाज कार्गो उडानका लागि चीनको चाङ्सा उडेको छ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको जहाज चाङ्सा गएको विमानस्थलले जनाएको छ । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सोमबार सार्वजनिक गरेको थियो । उक्त एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउने चार्टर्ड उडानको तालिका बनाएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…