June 19, 2020

आकाशबाट हेर्दा घलेगाउँ

घलेगाउँ

लमजुङ । गुरुङ भाषामा क्वेम्ली भनेर चिनिने घलेगाउँ पछिल्लो समय मुलुककै लोकप्रिय ग्रामीण पर्यटकीय स्थलको रूपमा चर्चामा छ ।

अहिलेलाई कोराना भाइरसको त्रासका कारण पर्यटक आवगमन बन्द गरिए पनि छिट्टै खुल्ने छ । लकडाउनका कारण उकुस मुकुस भाइरहेकाहरुको लागि छोटो मिठो गन्तव्यस्थल घलेगाउँ बन्न सक्छ ।

वि.सं. २०५७ सालमा १२ घरबाट सुरु गरिएको यहाँको होमस्टे (घरबास) मा अहिले एक पटकमा दुई सय जनासम्मको व्यवस्थापन गर्न सकिन्छ । अलि सुविधा खोज्नेहरुको लागि होटल घलेज् होम पनि रहेको छ ।

समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको सार्क क्षेत्रकै यो नमुना गाउँको आकर्षण गुरुङ जातिको संस्कृति र हिमाली दृश्यावलोकन हो । त्यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेशलगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ ।

त्यस्तै उत्तरकन्या मन्दिर, क्होंइबो, चियाबारी, भ्यु टावर, गुरुङ संग्रहालय आदि पनि पर्यटकका लागि आकर्षण हुन् ।

यहीबाट अर्को चर्चित गाउँ भुजुङ र घनपोखरा पनि जान सकिन्छ ।

यो पनि: लमजुङका पाँच होमस्टे : तपाईँलाई स्वागत गर्न तयार

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…