June 24, 2020

थपिए ६२९ जना सङ्क्रमित

काठमाडौं । नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५१९ पुरुष र ११० महिला गरी कुल ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सङ्क्रमितको सङ्ख्या १० हजार ७२८ पुगेको छ । तीमध्ये एक हजार ९४ महिला र नौ हजार ६३४ पुरुष छन् ।

थपिएका संक्रमितहरु कैलाली १०३, झापा ११, सुनसरी १, मोरङ १, सप्तरी ६, धनुषा २०, महोत्तरी १२, सर्लाही १, वैतडी ४, बाजुरा ७, डोटी ४८, कैलाली ४८, कञ्चनपुर ८६,
पर्वत २, रौतहट ४४, सर्लाही २०, धादिङ २, काठमाडौं १, चितवन १, तनहुँ १, स्याङ्जा ७, नवलपरासी पूर्व ५, पाल्पा १५, भक्तपुर १, अछाम २३, गोरखा ३, कास्की ४, बागलुङ ९,
कास्की ५, लमजुङ ५, पर्वत १, गुल्मी ५, कपिलवस्तु १, रुपन्देही १, बाँके ९, बर्दिया १, दाङ ७६, प्यूठान १०, जाजरकोट १, सुर्खेत १४, दैलेख ४, कालिकोट १ र बाजुरा १ रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये आठ महिला र १०६ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार १२४ पुगेको छ । तीमध्ये दुई हजार ३५ पुरुष र १८९ महिला छन् ।

डिस्चार्ज हुनेमा जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला र १८ पुरुष, कोभिड–१९ अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पताल सिन्धुलीबाट तीन पुरुष रहेका छन् । यस्तै चितवनस्थित भरतपुर अस्पतालबाट नवलपरासी (पूर्व)का एक पुरुष र नवलपरासी (पश्चिम)का दुई पुरुष, चितवनका पाँच महिला र १३ पुरुष, कपिलवस्तुका एक महिला रहेका छन् ।

यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका चार पुरुष, मोरङका १८ पुरुष, सुनसरीका एक महिला र चार पुरुष तथा तेह्रथुमका एक पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा दमौली अस्पताल तनहुँका एक पुरुष, धौलागिरि अस्पतला बाग्लुङका चार पुरुष, गोरखा अस्पताल गोरखाबाट एक पुरुष, जिपी कोइराला शुक्लागण्डकीबाट छ पुरुष र कालिका अस्पताल स्याङ्जाबाट १० पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई हजार ३३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १९७ महिला र दुई हजार १४१ पुरुष छन् । पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट छ हजार ८२८ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा १२ हजार ११२ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार ७८ हजार ६३९ जना क्वारेन्टिनमा र आठ हजार ३६६ जना आइसोलेशनमा रहेका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…