ट्रेकिंग गाईडलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउन टान र माछापुच्छ्रे बैंकबीच सम्झौता
काठमाडौं । ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र माछापुच्छ्रे बैंकबीच ट्रेकिंग गाईडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्बन्धमा दुईपक्षीय समझदारी भएको छ ।
समझदारीपत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेका छन् ।
टानमा महासचिव सरिता लामाले जारी गरेको बिज्ञप्ति अनुसार विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण पर्यटन क्षेत्र र मजदुरहरुमा पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर राख्दै टानको पहलमा आफ्ना सदस्य कम्पनीहरुमा कार्यरत ट्रेकिंग गाईडहरुलाई सहजिकरण गर्न माछापुच्छ्रे बैंकसंग समझदारी गरिएको हो ।
बैंक र टानबीच टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिंग गाईडहरुलाई मासिक रु. १५००० गरि अधिकतम रु. १८०००० सम्मको सिमासहितको क्रेडिट कार्ड उपलब्ध गराईने सम्झौता भएको छ । सो सिमा आंशिकरुपमा रु. ९०००० गरी दुई वटा चरणमा प्रत्यक अर्ध वार्षिक समयावधिमा प्रदान गरिनेछ । ट्रेकिंग गाईडहरुले मिनिमम् एमाउण्ड ड्यु मासिक ५ % को दरले एक वर्षसम्म भुक्तानि गर्नुपर्ने छ ।
क्रेडिट कार्ड सुविधा उपभोग गर्नका लागि आवेदकको उमेर न्यूनतम २१ वर्ष र अथिकतम ६५ वर्ष हुनुपर्नेछ भने ट्रेकिंग गाईडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अथोरिटि दिनुपर्नेछ । सो सुविधा प्रयोग गर्न ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग कम्पनीले जमानत अनिवार्य बस्नु पर्नेछ र यदि ट्रेकिंग गाईडले शर्त बमोजिम रकम भुक्तान गर्न नसकेको अवस्थामा बाँकी रहेको बक्यौता तिर्ने दायत्व ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग एजेन्सीको हुनेछ ।
उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा टानका महासचिव सरिता लामा, वरिष्ठ उपाध्यक्ष नविन त्रिताल, कोषाध्यक्ष ऋतु ग्याम्दान, सदस्य कान्छा शेर्पा, माछापुच्छ्रे बैंकका प्रबन्धक सुनिल खतिवडा, उपप्रमुख (डिजिटल बैंकिंग) विनय रेग्मी र शाखा प्रबन्धक समिर रैनको उपस्थिति रहेको थियो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…