June 24, 2020

पर्यटकीय गाउँ कालाबाङ घरेडीमा राहत वितरण

काठमाडौं । कोरोना प्रभावित अतिन्युन आय भएकाहरुलाई पर्यटकीय गाउँ कालावाङ घरेडीमा राहत वितरण गरिएको छ ।

उक्त गाउँबाट गएर यूके बसोबास गर्नेहरुको संस्था कालावाङ घरेडी समाज, यूकेका सदस्यहरु आफैले संकलन गरेको २ लाख ६० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको हो ।

सन् २००८ मा स्थापना गरिएको उक्त समाजमा त्यही गाउँबाट गएका ४६ घर रहेका छन् । उक्त रकमबाट ११ जना अशक्तसहित ८८ घर परिवारलाई राहत वितरण गरिएको राहत वितरण संयोजक प्रकाश चन्द्र गुरुङले बताए ।

समाजका प्रतिनिधि अशोक कुमार गुरुङले जहाँसुकै बसेपनि गाउँको सम्झना रहने उल्लेख गर्दै दुखको बेला सानो सहयोग गरेको बताए ।

पोखरा महानगरपालिकाको वडा नं. २२ मा पर्ने  कालावाङ घरेडी पछिल्लो समय गन्तव्यको रुपमा विकास भएको होमस्टे हो । यहाँबाट अन्नपूर्ण हिमश्रृंखला र फेवाताल दुवै देखिन्छ ।

पोखराबाट दश किलोमिटरको दुरीमा रहेको यस होमस्टेमा सय जनाको क्षमता रहेको छ । कोरोना संक्रमणका कारण होमस्टे ठप्प छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…