July 20, 2020

पशुपतिनाथको बाहिरैबाट दर्शन

काठमाडौं । साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा गर्न पुगेका भक्तजन । कोभिड– १९ को सङक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी जारी रहेकोले पूजा गर्न मन्दिरको ढोका भने खुलेन ।

नेपाली हिन्दू नारीका लागि साउन महिना बिशेष मानिन्छ । साउनको सोमबार भगवान शिवको ब्रत बस्ने हुँदा पशुपतिमा भीड लाग्ने गर्दछ । हिन्दु नारीले साउन महिनामा शिवको व्रत बस्ने हरिया र पहेँला कपडा लगाउने गर्छन् ।

सोमबार बन्दाबन्दीले गर्दा पशुपतिनाथ मन्दिरको ढोका नखुलेका कारण भित्र पसेर पुजा गर्न पाएनन् । यद्यपी बाहिरबाटै पुजा गरेर फर्केका छन् । तस्वीरः रोशन सापकोटा/रासस ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…