August 16, 2020

‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्’

Lumbini-10 world heritage site in Nepal

  • एकराज पाठक

काठमाडौँ, लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्रघुमेको सुनाउँछन्, मलाई अचम्म लाग्छ लुम्बिनीको अध्ययन हप्तौँ गर्दा पुग्दैन एक हप्ताले के हुन्छ ? लुम्बिनी विश्वकै यति महत्वपूर्ण, पवित्र अलौकिक स्थल हो यसको भ्रमणका लागि जोसुकैका लागि पनि कम्तीमा दुई हप्ता चाहिन्छ

चिनियाँ बुद्धिस्ट एसोसियसनको पहिलो अन्तरराष्ट्रिय सदस्य सि चोङ योङले लुम्बिनीको महत्वबारे यसरी बयान गरिरहँदा उनको मुहारमाखुशी थिएन एकैछिनमा उनले भनेतर के गर्नु, यहाँ पूर्वाधार नै छैनन् भ्रमणका लागि ठूलो सङ्ख्याका चिनियाँ यहाँ आउन निकैइच्छुक छन्, यहाँ आएर बौद्ध दर्शन, गौतम बुद्धको जन्मस्थल यससँग जोडिएका धेरै कुराहरुको अध्ययन गर्न पनि चाहन्छन् तरउनीहरुलाई बस्ने राम्रा ठूला होटलहरु नै यहाँ छैनन्, हाल उपलब्ध संरचनाहरु पर्याप्त छैनन्

उनल् भनेचीनमा एउटै होटलमा सयौँ कोठा हुन्छन्, ठूलो सङ्ख्याका पर्यटक अटाउँछन् तर यहाँका होटलहरु पनि साना सानाछन् लुम्बिनीमा थोरै होटल छन् भएका पनि सानो आकार क्षमताका छन् चिनियाँहरु आउँदा एकै समूहमा सयौँको सङ्ख्यामाआउन भ्रमण गर्न रुचाउँछन् उनीहरु एकै ठाउँमा बस्न रुचाउँछन् तर पनि उनीहरुलाई पुग्ने ठाउँ नै छैन यहाँ त्यसैले ठूलो समूहमाआउने घुम्ने स्वभावका पर्यटकका लागि यहाँ होटल अरु पूर्वाधारहरु पनि आवश्यक , त्यसको मैले कमी नै देख्छु

चोङको सुझाव लुम्बिनी विश्वका बौद्धमार्गीहरुको अति पवित्र आस्थाको केन्द्र हो भगवान गौतम बुद्धको जन्मस्थल भएकोलेबौद्धमार्गी मात्र नभएर लुम्बिनी विश्वकै पर्यटकको एक एउटा श्रद्धापूर्वक पुग्ने स्थान पनि हो विश्वका हरेक नागरिकले जीवनमाकम्तीमा एक पटक लुम्बिनी पुग्न पाए हुन्थ्यो भन्ने इच्छा राखेकै हुन्छ विश्वका बौद्ध दर्शनमा विश्वास गर्ने मानिसको चाहनाको झन्कुरै भएन हामीले नै अनुमान गरौँ लुम्बिनी पुग्न चाहने विश्वको जनसङ्ख्या कति होला ? त्यसैले कुनै दिन उनीहरु यहाँ आउने छन्भनेर नेपालले होटल मात्र होइन आवश्यक अरु पूर्वाधार पनि बनाउनुपर्छ यसरी नेपालको समृद्धि पर्यटनका माध्यमबाट बढी सम्भवदेखिन्छ

लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बाका लागि चीन सरकारका निर्देशक चाङले लुम्बिनी चिनियाँ नागरिकको पनि अति पवित्र सम्मानितपर्यटन गन्तव्य हो भन्छन् जीवनमा एक पटक लुम्बिनी पुग्न इच्छाएका चिनियाँ आफूले धेरै पाएको उहाँको अनुभव नेपालमाचिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणपछि नेपाल आउन चाहने चिनियाँको सङ्ख्या अझै बढेको आफूले पाएको उहाँले बताउनुभयो उनको भन्छन्नेपाल भ्रमणका बारेमा खोजीनीति गर्ने चिनियाँ नागरिकको सङ्ख्य झनै बढेको नेपाल आउने अधिकांश चिनियाँकोगन्तव्य लुम्बिनी भएकोले पनि यहाँ आउन धेरै चिनियाँ आतुर छन् भन्ने देखिन्छ

लुम्बिनी आउने चिनियाँ पर्यटकले आफ्नो संस्कृति कला पनि त्यहाँ खोजेको हुन्छ त्यसैगरी चिनियाँ पर्यटकहरुमध्ये कमैले मात्रअङ्ग्रेजी भाषा बुझ्न सक्छन् यहाँ आएका पर्यटकलाई चिनियाँ भाषामा नै सहजीकरण गरिदिने यहाँको बसाई अवधिका अन्यआवश्यक सहयोगहरु पुर्याउने विषयमा नेपाल सरकारले ध्यान दिन सकेमा अझै राम्रो हुने उनको सुझाव त्यसैले चिनियाँ बौद्धगुम्बाको तर्फबाट पनि नेपाल चीनसम्बन्धी सांस्कृतिक आदानप्रदानको कामका लागि आफूहरुले पहल गरिरहेको उहाँले बताउनुभयो यस्ता कुराहरुले यहाँ आउने विदेशी पर्यटकहरुको बसाई अवधि लम्ब्याउन, फेरि अर्काे पटक पनि यहाँ आउन प्रेरित गर्ने उहाँको भनाई

नेपाल चीनबीचको सम्बन्ध सदियौँ पुरानो भावनात्मक रहेको उहाँ बताउनुहुन्छ यी दुई देशबीच धेरै पुरानो सांस्कृतिक सम्बन्ध रहेकाअनगिन्ती तथ्यहरु रहेका छन् उनी भन्छन् चीनका बौद्धमार्गी नागरिक सबैलाई जीवनमा कम्तीमा एक पटक लुम्बिनी ल्याउन पाए हुन्थ्योभन्ने आफ्नो उत्कट चाहना रहेको उहाँले सुनाए गएको करिब १० वर्षदेखि प्राय नेपालमै बढी लुम्बिनीमा बस्दै आएका उहाँले दुईदेशबीचको खासगरी सांस्कृतिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भनेर काम गरेको बताए नेपालमा विसं २०७२ मा गएकोभूकम्प तथा हाल जारी कोरोना महामारीमा उहाँको पहल समन्वयमा चिनियाँ बुद्धिष्ट एसोसिएनका तर्फबाट ठूलो सहयोग प्राप्त हुदैआएको

चाङ भन्छन्, “नेपाल विश्वकै अत्यन्तै राम्रो देश नेपालका लुम्बिनी सगरमाथाजस्ता सम्पदा विश्वका पर्यटकका आकर्षक गन्तव्यहुन् यी अलौकिक सम्पदाबाट नेपालले लाभ लिन सक्नुपर्छ पर्यटनको विकासलाई प्राथमिकतामा राखी आवश्यक पूर्वाधारहरु तयारगरिदिने हो भने नेपाललाई समृद्धिको बाटो तय गर्न धेरै सजिलो यहाँ पूर्वाधार प्रचार मात्र हुने हो भने चिनियाँ पर्यटकको चिन्तामान्नै पर्दैन    

निर्देशक योङले गएको डिसेम्बरको अन्तिमतिर पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना महामारीमा नेपालले चीन सरकारलाईमास्क सहयोग गरेपछि चीन सरकार चिनियाँ नागरिक निकै खुशी भएको आफूले पाएको स्मरण गरे उनले भनेहुनत त्यो सहयोगठूलो थिएन तर त्यो सहयोगभित्र छिमेकीको माया लुकेको थियो त्यसैले गर्दा पनि चीनले नेपाललाई यो महामारीबाट उम्किन सक्दोसहयोग गर्ने उनले बताए उनले भने– “अप्ठेरो परेका बेला चीनले नेपाललाई नेपालले चीनलाई सहयोग गरेको राम्रो विगत हामीसँग, हाल नेपालमा देखिएको महामारीको नियन्त्रणमा पनि चीनले सक्दो सहयोग गर्नेछ

त्यसैले चिनियाँ बुद्धिष्ट एसोसियसनअन्तर्गतका चङहाउ सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुकोसंस्थाका तर्फबाट उहाँकै पहलमा नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको गतहप्ता उहाँ काठमाडौँ आएर नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा सघाउने उद्देश्यले ती संस्थाहरुकातर्फबाट १३ लाख ३७ हजार थान मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको थियो उहाँले यो सहयोग नेपाल ट्रान्सहिमालयन सोसाइटीलाई उपलब्ध गराउनुभएको उक्त सोसाइटीले व्यक्ति तथा सुमदायको आवश्यकताको आधारमा वितरण गरिनेबताएको थियो

चोङयोङले चिनियाँ बौद्धगुम्बाका स्वयंसेवीहरुबाट नेपालका १०० भन्दाबढी बौद्ध गुम्बा, विभिन्न ३० बौद्ध विद्यालय पाँच हजार जनाबौद्धभिक्षुलाई मास्क अन्य आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुभएको ठूलो परिमाणका ती सामग्री केही प्रदेश तथा स्थानीयसरकारका साथै नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुलाई उपलब्ध गराइएको थियो

नेपाललाई समस्या परेका बेला चिनियाँ बुद्धिस्ट एसोसियसनको तर्फबाट सहयोग जुटाउँदै आएका उनले पहलमा विसं २०७२ मा गएकोभूकम्पपछि बौद्ध स्तूपलगायतको पुनर्निर्माण तथा सहयोगस्वरुप रु एक अर्ब १५ करोडभन्दा बढी आर्थिक सहयोग गरेका थिए त्यस्तैभूकम्पका समयमा काठमाडौँ तथा देशका विभिन्न जिल्लामा पुगेर अप्ठेरोमा परेका नेपालीलाई खाद्यान्न, लत्ताकपडा तथा अन्यआवश्यक सामग्रीहरु सहयोग गरिएको थियो

ग्लोबल टाइम्स् पत्रिकाले सन् २०२० पछि नेपालमा धेरै पर्यटक बढ्ने पूर्वानुमानसहितको अनुसन्धान प्रतिवेदन कोरोना भाइरसकोफैलावटको केही अघिमात्र गरेको थियो उक्त अनुसन्धानले नेपालबारे खोजी गर्ने चिनियाँको संख्या पहिले भन्दा १५ प्रतिशतले बढेकोदेखाएको थियो नेपालले सन् २०२० मा आह्वान गरेको नेपाल भ्रमण वर्षमा तीन लाख चिनियाँ पर्यटकको आगमनको अनुमान गरेकोथियो त्यसपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालबारेको जानकारी खोज्ने चिनियाँको यो आँकडा हेर्दा नेपालले गरेको तीनलाखभन्दा बढी नै चिनियाँ भित्रिने अनुमान नेपालको थियो तर अकस्मात फैलिएको अकल्पनीय कोरोना महामारीले गर्दा ठूलो मारहामीलाई नै परेको

पर्यटन बोर्डको तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या बढ्दो विसं २०७२ को भूकम्पपछिघटेका चिनियाँ पर्यटक सन् २०१८ मा लाख ५४ हजारले नेपाल घुमेका थिए भने सन् २०१९ मा त्यो भन्दा बढी छन् सन् २०१९ मा १२लाखभन्दा बढी विदेशी नेपाल घुम्न आएका यो अघिल्लो वर्षको तुलनाभन्दा २५ प्रतिशतले बढी हो बृद्धि भएकामा चिनियाँ नै बढी छन् सन् २०१९ को पहिलो दुई महिनामै नेपाल आउने विदेशीको सङ्ख्या २४ प्रतिशतले बढेको थियो त्यो बृद्धिको ठूलो हिस्सा चिनियाँकैथियो नेपाल घुम्न आउने पर्यटकमध्ये चिनियाँ पर्यटकको सङ्ख्या १४ प्रतिशत पुगेको , जुन भारतभन्दा एक स्थान मात्रै पछाडि हो

सरकारले अबको पर्यटनलाई धार्मिक छिमेकी भारत चीनमा केन्द्रित गर्दा अझ राम्रो हुन्छ लुम्बिनीमा चिनियाँलाई अकर्षित गर्न सकेनेपाललाई पर्यटकले खाँचो हुदैन हाम्रा अलौकिक हिमाल, पर्वत ट्रेकिङ चिनियाँहरुका लागि साहसिक गन्तव्यका रोजाई हुन् त्यसैले हामीले सि चोङ योङले भनेजस्तै लुम्बिनी सगरमाथाजस्ता अलौकिक सम्पदाहरुबाट बढी लाभ लिने गरी नीति कार्यक्रमबनाउनु जरुरी ।-रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …