उद्धार उडान स्थगित
काठमाडौं । सरकारले बिदेऱ्शमा अलपत्र परेका नागिकलाई गर्ने भनिएके ंउद्धार उडीन सिथगित गर्र्को छ ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धारउडानहरु स्थगित गर्न भनेपछि स्थगन गरिएके हो । तयारी अबस्थामा रहेका एयरलाईन्सहरुले उडान स्थगित गरिएको सुचना जारी गरेकाछन् ।
गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषकोरकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो ।
त्यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।तर,सीसीएमसीले उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो ।
कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्थाभएको जानकारी नआएको सीसीएमसीले पत्रमा उल्लेख गरेको छ ।
होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिनसीसीएमसीको पत्रमा अनुरोध गरिएको छ ।सोमबार बसेके मन्त्रपरिषद्को बैठकले सीसीएमसीको सिफारिसको आधारमा उद्धार उडानसुरु गर्ने निर्णय गरेको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …