दुबईमा अड्किएका २६२ काठमाडौँमा
काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबईविमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँल्याएको हो ।
दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयलेजनाएको छ । निगमको जहाजले दुबईबाट २६२ यात्रु र दुई बच्चा काठमाडौँ ल्याएको निगमका अपरेशनल विभाग प्रमुख दीपु जुहार्चनलेजानकारी दिनुभयो । उक्त जहाजले काठमाडौँबाट दुईब उडानमा १६४ यात्रु र एक बच्चा लगेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो ।निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापननभएको भन्दै सरकारले स्थगित गरेको थियो । निगमको वाइड बडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो । उडानका लागिदुबई एयरपोर्टमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए । उक्त दिन दुबइबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेकायात्रुलाई आज काठमाडौँ ल्याइएको हो । हालैको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो ।
विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार आइतबार विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन तथा कार्गोका लागिआगमन र प्रस्थान दुबै गरी चार अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याएकोछ भने हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ ।
हिमालयका दुबै जहाज आज राति गन्तब्यतर्फ उड्ने विमानस्थलले जनाएको छ । आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट १७ हजारकेजी कार्गो काठमाडौँ ल्याएको छ । सोमबार पनि उद्धार तथा कार्गो गरी चार अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले उडान तालिकासार्वजनिक गरेको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …