September 1, 2020

इन्द्रजात्राका बेला सुनसान बसन्तपुर

 

काठमाडौं । अरु बेला भएको भए यि दिनहरुमा बसन्तपुरको रौनक अर्कै हुन्थ्यो । उपत्यकाको विशेष जात्राको रुपमा रहेको इन्द्रजात्रा यहाँ आदिवासी नेवारहरुको लागि महत्वपूर्ण रहँदै आएको छ ।

काठमाडौँ उपत्यकाको मौलिक पर्व इन्द्रजात्राको अवसरमा मंगलबार बसन्तपुरस्थित सुनशान कुमारीघर । वर्षा र सहकालका देवता इन्द्र र जीवित देवी कुमारीको पूजाआजा इन्द्रजाात्रा मनाउने गरिन्छ । तस्वीर ः रोशन सापकोट, रासस

त्यही इन्द्रजात्राको रथ तान्ने कार्य मंगलबारबाट सुरु हुुनुपर्ने थियो । काठमाडौंको भित्रि नेवारबस्तीहरुमा कुमारीको रथ तानेर बसन्तपुर ल्याउने गरिन्छ । जात्रामा रैथानेहरुको सहभागिता त हुन्थ्यो नै हेर्नेहरुको पनि ठूलो भिड लाग्थ्यो ।

तर यसपाली कोरोनाको कहरले जात्रा पर्वहरुको रौनक छिनेको छ । कोरोना महामारीको रोकथामका लागि उपत्यकामा जारी गरिएको निशेधाज्ञाका कारण इन्द्रजात्रा पनि स्थगन भएको छ । जात्रा नभएकोमा क्षमा पूजा गरिएको छ ।
यही सन्दर्भमा सुनसान बसन्तपुर क्षेत्रको तस्बिरहरु ।

काठमाडौँको बसन्तपुरस्थित श्वेत भैरवको मन्दिर । यस मन्दिर ईन्द्रजात्रामा सर्वसाधारणका लागि खुल्ला गरिन्छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…