September 1, 2020

कुमारीको रथयात्रा स्थगित, क्षमापूजा गरिंदै

Living Goddess Kumari at Indrajatra
फाइल तस्वीर ।

काठमाडौं कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइनेइन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको

कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाउन लागिएको गुठी संस्थानकाठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए

भाद्र शुक्ल चतुर्दशीका दिन मंगलबार इन्द्रजात्राको मुख्य दिन हो यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नैसार्वजनिक बिदा दिने गरिन्छ आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो यस वर्ष भने कोरोनाकोमहामारीका कारण यो परम्परा रोकिएको

आजको दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ भाद्र शुक्ल पूर्णिमाका दिन भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रागराइन्छ यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि आश्विन कृष्ण चौथीका दिनइन्द्रध्वजपतन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ यस वर्ष भदौ २२ गते बिहानी ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएकोसमितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए

इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत मन्दिरमा क्षमा पूजा गर्ने तयारी भएको संस्थान काठमाडौँ शाखाका प्रमुखसुवेदीले जानकारी दिए जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भिडभाडनगर्ने निर्णय गरेको थियो यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन

भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थाननगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ गते रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्षइन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन भदौ गते  इन्द्रजात्राको लिङ्गो काट्ने साइत राति ९ः२५ बजेको दिइएकोथियो अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाजारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको

इन्द्रजात्रा चलाउन नसकिने भएपछि पूजा आराधना गरिने सम्बन्धित सबै मठमन्दिरमा क्षमा पूजाको विधि भदौ १४ गतेदेखि शुरु भएकोसंस्थानका काठमाडौँ शाखा प्रमुख सुवेदीले बताउनुभयो इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए । रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …