September 15, 2020

आन्तरिक हवाई र यातायात असोज १ गतेदेखि

काठमाडौं सरकारले असोज गतेदेखि आन्तरिक हवाई उडान लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको गत चैत ११गतेदेखि बन्द हवाई उडान लामो दूरीका यातायात बन्द थिए

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजितपत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए

उनका अनुसार यसरी लामो दूरीका यातायात सञ्चालन हुँदा ५० प्रतिशतसम्म बढी भाडा यात्रुबाट व्यवसायीले लिन सक्ने छन् हवाइजहाजको भाडा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोक्ने जनाइएको  

आन्तरिक हवाइजहाज लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदण्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नपाउने छन् स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर हामीले लामो समयसम्म आवगमन रोक्यौँ अनन्तकालसम्म आवागन रोक्नसकिँदैनथ्यो”, परराष्ट्रमन्त्री ज्ञवालीले भने, “त्यही भएर हवाई लामो दूरीका यातायातका साधनलाई निश्चित मापदण्ड लागु गरेर  खुलागरेका छौँ

लामो समयसम्म हवाइजहाज लामो दूरीका यातायात सञ्चालन नहुँदा यात्रु सञ्चालकलाई समेत कठिनाइ परेकाले सञ्चालन गर्नथालिएको उनले बताए सिटमा एक जना मात्र राख्ने पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा सेनिटाइजर भौतिक दूरीकायम राखेर हवाई लामो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको सवारी चालक सहचालकले अनिवार्य रुपमा मास्क पञ्जा लगाउनाका साथै सवारी साधनले दैनिक  निर्मलीकरण गर्नुपर्नेछ 

लामो दूरीका यातायातका लागि भौतिक तथा पूर्वाधार  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप मापदण्ड बनाउन सक्ने निर्णयगरिएको सोको अनुगमन यातायात व्यवस्था विभाग ट्राफिक कार्यालयले गर्ने जनाइएको   लामो सयमदेखि हवाई उडान बन्दभएको कारणले हवाई संचालक अप्ठयारो परेकोले संचालन गर्न अनुमति दिइएको उनले जानकारी दिए

यात्रु चढ्ने ओर्लने बेलामा ढोकामा सेनिटाइजर प्रयोग गर्नुपर्ने विमान चालक सहचालक अन्यले मास्क, पञ्जा जस्तास्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्ने हवाई उडानको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने

अन्तराष्ट्रिय हवाई उडान अनुमति

यस्तै अन्तरराष्ट्रिय हवाई उडानसम्बन्धी निर्णय पनि सरकारले गरेको सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमापालना गरी सङ्क्रमणको जोखिमको विश्लेषण गरेर आवश्यकता औचित्यका आधारमा पर्यटन मन्त्रालयले नियमित तथा चार्टनउडानका लागि अनुमति दिन सक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिए विदेशबाट आउने यात्रुको यात्रा शुरुगर्नुभन्दा पहिले ७२ घण्टाअघिको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको

असोज ३० सम्म अन्तरराष्ट्रिय नाका बन्द

सरकारले अन्तरराष्ट्रिय सीमानाका बन्द अवधि असोज ३० गतेसम्म कायम राख्ने निर्णय गरेको यसअघि भदौ ३१ गतेसम्म सीमाबन्द गर्ने निर्णय भएकामा कोभिड१९ को सङ्क्रमणलाई ध्यान दिँदै असोज ३० सम्म अवधि थप गरिएको ज्ञवालीले जानकारी दिए

उनका अनुसार समस्यामा परेका नेपालीलाई भने आउनका लागि भारतॅग सीमा जोडिएका १२  प्रमुख नाकाबाट प्रवेश गर्न दिइएको   यसअघि १०  नाका खुला गरिएकामा मन्त्रिपरिषद् बैठकले थप दुई नाका इलामको पशुपतिनगर दार्चुलाको खलङ्गाको नाकाबाट पनिमानिस आउनका लागि निर्णय गरेको   यस्तै चीनतर्फको रसुवाको नाकाबाट पनि प्रवेशका लागि अनुमति दिने निर्णय सरकारलेगरेको उनले बताए उनले सङ्क्रमण बढ्दै गए स्थानीय प्रशासनलाई स्थानीय ऐनअनुसार थप निर्णय गर्ने अधिकार दिइएको जानकारीदिए रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …