कीर्तिमानी आरोही आङरिता शेर्पाको निधन
काठमाडौँ । ‘हिम चितुवा’ को उपमा पाएका विश्व कीर्तिमानी आरोही आङ रिता शेर्पाको निधन भएको छ । ७२ वर्षको उमेरमा बौद्ध जोरपाटीस्थित आफ्नै निवासमा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी सर्वोच्च शिखर सगरमाथाको चुचुरामा धेरै हालसम्म सर्वाधिक पटक विना अक्सिजन पाइला राख्ने व्यक्ति हुन् । धेरै पटक विना अक्सिजन सर्वोच्च शिखरको आरोहण गरेकोमा उनले विश्व रेकर्ड कायम गरेका हुन् ।
सन् १९४८ मा सोलुखुम्बुको सामान्य किसान परिवारमा जन्मेका आङ रिताले आर्थिक रूपमा परिवारलाई भरथेग गर्नकै लागि १५ वर्षको उमेरमा भरियाको रूपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए ।
उनले एभरेस्ट हिस्ट्री डटकममा भने अनुसार ‘लो अल्टिच्युट पोर्टर’को धवलागिरि आरोहणको टोलीसँग सहभागी भएपछि उनको पेसागत यात्रा सुरु भएको हो । ‘यद्यपि मैले ‘हाइ अल्टिच्युट’ को काम गर्नुपर्यो, तेस्रो क्याम्पससम्म विना जुत्ता र अन्य आरोहण उपकरण भारी पुर्याएँ’ उनले भने छन् ।
यसरी ‘लो अलिटच्युट’ भरियाको रूपमा उनले लामो समय काम गरे । ‘यही क्रममा स्वीस टोलीसँग धवलागिरिआरोहणमा सहभागी हुने मौका मिल्यो र मैले दुई पटक चुचुरोमा पुगेँ’ उनी यसलाई आफ्नो आरोहणको ‘कोसेढुंगा’ मान्छन् ।
सन् १९८३ मा जर्मन–अमेरिकन आरोहण टोलीसँगै उनले पहिलो पटक सगरमाथा आरोहण गरे, त्यो पनि विना अक्सिजन । ‘अन्ततः मेरो सपना पुरा भयो’ उनले भनेका छन् । विना अक्सिजन सगरमाथाको आरोहणले उनलाई थप हौसला मात्र मिलेन, पर्वतारोहण गाइडको रूपमा आफूलाई पेसामा सुरक्षित पनि महसुस गरायो ।
त्यसपछि उनले सन् १९८४, ८५, ८७, ८८, ९०, ९२, ९३, ९५ र ९६ गरी दश पटक विना अक्सिजन सगरमाथा आरोहण गरे । त्यसैमा उनको विश्व रेकर्ड पनि कायम भयो । सन् १९९० मा उनले छैटौँ पटक सगरमाथा आरोहण गरेपछि त्यस बेला सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीको रेकर्ड पनि कायम गरेका थिए । पछि आफैले दश पटक आरोहण गरे भने अहिले २४ पटक आरोहण गरेको विश्व रेकर्ड कामी रिता शेर्पाको नाममा छ ।
उनको योगदान आरोहणमा मात्र सीमित छैन । उनी वातावरण संरक्षणका क्षेत्रमा पनि सक्रिय थिए । द माउन्टेन इन्स्टिच्युटसँग मिलेर उनले मकालु वरुण राष्ट्रिय निकुञ्जको स्थापनाका लागि कार्यदलमा बसेर काम गरेका थिए । पछि उनले त्यही संरक्षण, शिक्षा, पर्यटन र प्राकृतिक स्रोत अधिकृतको रूपमा काम गरे । उनले यो र अन्य यस्तै धेरै परियोजनाहरूमार्फत पुर्याएको योगदान बापत सन् २०११ मा संरक्षण क्षेत्रमा निक्कै प्रतिष्ठित मानिने सर एडमण्ड हिलारी माउन्टेन लेगेसी मेडलले सम्मानित गरिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…