आहा रानीपोखरी !
काठमाडौं । पुन:निर्माण अन्तिम् चरणमा पुगेर पानी भरेपछि रानीपोखरी मनमोहक देखिएको छ ।
विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरीको पुन:निर्माणमा विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसको जिम्मा पाएको थियो ।
रानीपोखरी संघीय राजधानीको मुटुमा रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहर हो । रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको बताइएको छ ।
रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भ वायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…