October 1, 2020

रानीपोखरीको बालगोपालेश्वरमा हालियो गजुर

काठमाडौँ । राजधानीको मुटुमार रहेको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गरिएको छ। वि.सं. २०७२ सालको भूकम्पले क्षति पुयाएको मन्दिर पुननिमार्णको काम अन्तिम चरणमा पुगेको छ ।

केही दिनअघि रानीपोखरीको पुनिर्माण समिएर पानी भरिएको थियो । रानीपोखरीमा पानी भरेपछि अहिले मनमोहक देखिएको छ । अबको भाइ टिकाको दिनदेखि रानीपोखरी सर्वसाधारणको लागि खुला गरिने बताइएको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन १७२७ सालमा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा पोखरी निर्माण गर्न लगाएका हुन् । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको बताइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरिएको हो ।

तस्बिरः रोशन सापकोटा/रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…