घलेगाउँ खुल्यो, कोरोनासँग मिल्ने लक्षण भए नजानुस्
काठमाडौं । चर्चित होमस्टे गन्तव्य घलेगाउँले स्वास्थ्य सुरक्षा उपायहरुका साथ पाहुनालाई स्वागत गर्ने भएको छ । पछिल्लो समय आन्तरिक पर्यटकका लागि रुचाइएको गन्तव्य हो यो ।
कोरोना महामारी नसकिए पनि सुरक्षा उपायहरु अपनाउँदै राज्यले अघि बढ्ने नीति लिएपछि घलेगाउँलाई पनि पहुनाको लागि खुला गर्ने निर्णय गरिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।
गत चैतमा कोरोना महामारी रोकथामको लागि राष्ट्रव्यापी लकडाउनसँगै घलेगाउँमा पनि पाहुनालाई आउन बन्द गरिएको थियो । लकडाउन खुलेसँगै गत भदौ १ देखि खुल्ने भने पनि कोरोना महामारी बढेकोले खोल्न सकेको थिएन ।
यद्यपी सुरक्षा उपायहरु अपनाइएको छ । कोरोना लागेको छैन भन्ने यकिन हुनु पर्ने पनि बताइएको छ । कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएको प्रवेश गर्न दिइएको छैन ।
मास्क, स्यानिटाइजर लगाउने, साबुनपानीले हात धुने, भौतिक–सामाजिक दूरी कायम गरी बस्ने, एउटा कोठामा २ जनामात्रै बस्न मिल्ने गरी होमस्टे खुलाइएको बताइएको छ । ग्रामीण पर्यटन लामो समय बन्द हुँदा होमस्टे सञ्चालकलाई समस्या परेको भन्दै खुलाउने निर्णय गरिएको बताइएको छ ।
यद्यपी धेरै मानिस जमघट हुने गरी परम्परागत गुरुङ संस्कृतिका घाँटु, सोरठी, सेर्का, कृष्णचरित्र, घ्याब्रेलगायत नाच भने तत्काल प्रदर्शन नगरिने भएको छ ।
२०५७ बाट घरबास कार्यक्रम सुरु गरेको घलेगाउँबासीले हाल होमस्टेको संख्या ३७ पुर्याएको छ । घलेगाउँमा संग्रहालय, चियाबारी, क्व्होइँबो, गोर्खा पार्क, गुरुङको अन्तिम राजा क्लाम्बोरोजाक्लेको शालिक, सातकन्या मन्दिर, कुवा, विभिन्न फाँट, परम्परागत घर, गाउँले परम्परा र जनजीवन देख्न सकिन्छ । घलेगाउँबाट वरपरका गाउँ साथै पश्चिमदेखि पूर्वसम्म दर्जन हिमश्रृंखला देख्न सकिन्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…