October 8, 2020

सगरमाथा आरोही गुरुङद्वारा राहत वितरण

काठमाडौं । सगरमाथा आरोही तथा आरोहण गाइड पुरबहादुर गुरुङ ‘युक्त’ को संयोजनमा पर्यटकीय गाउँ लाप्रकमा राहत बितरण गरिएको छ ।

गुरुङका अनुसार लामो समयदेखि पर्यटन व्यवसाय ठप्प भएपछि विदेशमा रहेका साथीहरुबाट सहयोग संकलन गरेर राहत वितरण गरिएको हो ।

पहिलो पटक जुनमा र दोस्रो पटक जुलाईमा उनले राहत वितरण गरेका हुन् । जुनमा ४७ र जुलाईमा २५ आफुसँग काम गरेका पर्यटन कामदारका घर परिवारलाई राहत वितरण गरिएको उनले बताए । राहतमा २५ केजी चामल, दुई लिटर खाने तेल र दुई केजी नुन थियो ।

गुरुङ पनि लाप्रकबाट नै पर्यटक भरिया हुँदै आरोहण गाइड भएका व्यक्ति हुन् । उनकै संयोजनामा बिहीबार पनि पशुपति नाथ क्षेत्रमा दुई सय जना र नयाँ बस्तीस्थित कृष्ण मन्दिरमा एक सय जनलाई खाना खुवाएको बताइएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…