October 27, 2020

बेइजिङको फोटो प्रदर्शनीमा नेपाल थिम कन्ट्री

Everest Base Camp Trek
फाइल फोटो : सगरमाथा आधार शिविर ।

काठमाडौं चीनको राजधानी बेइजिङमा आजदेखि शुरु १० दिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिमकन्ट्रीका रुपमा प्रस्तुत गरिएको

नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथासगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्वीर समावेश गरेको

चीनको संस्कृति तथा पर्यटन मन्त्रालय बेइजिङ महानगरपालिका जनसरकारले संयुक्तरुपमा आयोजना गरेको बिआरआई विश्वप्राकृतिक सम्पदा अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रुपमा नेपाललाई मात्रै छुट्टै स्थान दिई  विशेष प्रदर्शनी कक्ष व्यवस्थागरिएको

प्रदर्शनीमा राखिएका हरेक तस्वीर तथा नेपालसम्बन्धी जानकारी चिनियाँ अंग्रेजी भाषामा दिइएको प्राकृतिक सम्पदाकाव्यावसायिक फोटाग्राफर नारायण रिजाल, कोमल भागत, आशिष गुरुङ, आङ्रिता शेर्पा, वेदकुमार ढकाल, सागर गिरी, बाबुरामलामिछानेलगायतका तस्वीर प्रदर्शनीमा समाविष्ट छन्

नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी थिम कन्ट्रीका रुपमा नेपाललाई प्रस्तुत गर्न प्रदर्शनीस्थल निःशुल्करुपमा उपलब्धगराउन सहआयोजक चाइना आर्ट फोटोग्राफी सोसाइटी आफ्नो संस्थाबीच सहमति भएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्षध्रुव पौडेलले बताए

आगामी दिनमा चीनलगायत विश्वका विभिन्न मुलुकमा आयोजना गरिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपालका तस्वीर समावेश गरीपर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन सहकार्य गर्ने विषयमा पनि दुवै सोसाइटीबीच समझदारी रहेको  उनले जानकारी दिए

प्रदर्शनीका लागि आवश्यक डिजिटल भर्सनका फोटो वन तथा वातावरण मन्त्रायलबाट निःशुल्क उपलब्ध गराइएको थियो बेइजिङस्थित नेपाली राजदूतावासको सहयोगमा नेपालको सहभागिताको व्यवस्थापन खर्च सोसाइटीले नै गरेको हो

प्रदर्शनी उद्घाटनमा सहभागी नेपाली राजदूतावासका उपप्रमुख एवम् मिनिष्टर सुशीलकुमार लम्सालले प्रदर्शनीलाई नेपाल बुझ्ने झ्यालकोसंज्ञा दिँदै अवलोकनकर्ताले नेपालका बारेमा धेरै जानकारी लिन सक्ने बताए

कोरोना भाइरसको महामारीको अन्त्य भएपछि नेपालको भ्रमण गर्न चिनियाँ नागरिकलाई प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे चीनकोसंस्कृति तथा पर्यटन मन्त्रालय, बेइजिङ महानगरपालिकालगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सञ्चारकर्मी उक्त अवसरमाउपस्थित थिए सोसाइटीले यसअघि सिछुवान प्रान्तस्थित छन्तु, लशान, ह्वाहाई, काञ्च, बेइजिङलगायत शहरमा नेपालका कला, संस्कृति तथा पर्यटनसम्बन्धी एकदेशीय तस्वीर प्रदर्शनी गरिसकेको ।रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …