लिगलिग कोटमा होमस्टे, घुमफिरमा जानेलाई सहज
लिगलिग कोट । हामी सबैले सानैदेखि पढेको र सुनेको ऐतिहासिक स्थान हो, लिगलिग कोट । यो ऐतिहासिक रूपमा महत्त्वपूर्ण मात्र छैन, सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त छ ।
पछिल्लो समय यहाँ घुमफिर मन पराउनेहरू पुग्न थालेका छन् । ऐतिहासिक रूपमा महत्त्वपूर्ण स्थान जाने त भए नै प्राकृतिक दृश्यावलोकनको लागि पनि जान थालेका छन् । यसरी घुम्न जानेहरूको बेहोर्ने समस्या एउटै थियो, व्यवस्थित गाँस र वास ।
अब लिगलिग कोट घुम्न जानेहरूको लागि त्यो समस्या टरेको छ । कोट नजिकैको पालुङटार– २ खोल्लीमा लिगलिग कोट होमस्टे शनिवारदेखि सञ्चालनमा आएको छ । छानिएका सात वटा घरमा सुविधायुक्त घरबासको पालुङ्टार नगरपालिकाका प्रमुख ई. दीपकबाबु कँडेलले उद्घाटन गरेका छन् ।
सात घरबाट सुरुवात गरिएको यो होमस्टेको थप गर्दै जाने गाउँलेले बताएका छन् । हरेक घरबासमा एउटा सिङ्गल र एउटा डबल बेड गरी तीन जना अटाउने गरी पाहुना कोठाको निर्माण गरिएको छ भने आधुनिक ट्वाइलेटको व्यवस्था गरिएको छ । घरवासका अध्यक्ष प्रेमकुमारी थापाले लिगलिग कोट घुम्न आउनेहरूले घरबासमा स्थानीय स्वादको खानपान तथा मगर संस्कृतिको अवलोकन गर्न सकिने बताइन् ।
घरबासका लागि अमेरिकामा बस्ने डा. बालकृष्ण शर्मा मरहट्ठको संयोजनमा आर्थिक सहयोग जुटाइएको थियो । घरबास निर्माणका स्थानीय संयोजक ईश्वरी प्रसाद सापकोटाका अनुसार सहयोग रकम २९ लाख रुपैयाँ र थप श्रमदानबाट घरबास निर्माण गरिएको हो ।
होमस्टेका संरक्षक बेदबहादुर रानाले होमस्टे क्रमश विस्तार गर्दै लैजाने बताए । साथै उनले स्थानीय रुपमा उत्पादित मह तथा पोर्कका परिकारहरु होमस्टेको विशेषता रहने पनि बताए ।
घरबासको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख कँडेलले पालुङटारको प्रमुख पर्यटकीय स्थल लिगलिग कोटलाई आन्तरिक पर्यटकका लागि आकर्षणको रुपमा रहेको बताए । ‘पर्यटकहरू भित्र्याउनका लागि हामी सबैले पहल गर्नु पर्छ’ उनले भने, ‘यसका लागि पहिलो कामको रूपमा बासको व्यवस्था भएको छ, लिगलिग कोट आउने पर्यटकलाई खाने बस्ने व्यवस्था भएको छ अब थप कामहरू गर्दे जानु पर्छ ।’
नगरपालिकाका उपप्रमुख पम्फा बसेलले लिगलिग कोट होमस्टे नगरपालिकाभित्रको दोस्रो र महिलाले मात्र सञ्चालनमा ल्याएको पहिलो भएको बताइन् । यसले घरबास चलाउनेहरूलाई मात्र नभई, अन्य कृषि कर्म गर्नेहरूलाई पनि सघाउ पुग्ने आशा व्यक्त गरिन् ।
नेपालीले लिगलिग कोटका बारेमा सानैमा पढेका छन्, धेरै अघि लिगलिग कोटमा त्यहाँका घलेहरू दसैँको दिन दौडेर राजा छान्थे । त्यही दौडनेहरूको हुलमा लमजुङका युवराज द्रव्य शाह पनि मिसिए । उनले (छल गरे भन्ने भनाई पनि छ) जिते । राजा भए । पछि उनको सन्तानले गोरखामा शासन गरे । तिनैका सन्तान राजा पृथ्वीनारायण शाहले पछि नेपालको एकीकरण गरे ।
यो स्थान ऐतिहासिक मात्र छैन, घुमफिर मन पराउनेहरूका लागि दृश्यावलोकनका लागि पनि उत्तम रहेको छ । यहाँबाट मनास्लु, बुद्धलगायतका हिमालको दृश्य राम्रोसँग देखिन्छ भने सूर्योदय र सूर्यास्तको दृश्य पनि मनमोहक देखिन्छ । अब नजिकै घरबासको पनि व्यवस्था भएपछि लिगलिग कोटमा जान चाहनेलाई सहज भएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…