प्रकृति र संस्कृतिको खानी रुबी भ्याली
- शब्द तथा तस्बिर : लाला गुरुङ
काठमाडौँ । राजधानीबाट नजिकै रहेको उत्तरी धादिङको रुबी भ्याली प्राकृतिक रूपमा आकर्षक हुनुका साथै संस्कृतिले पनि धनी छ । पछिल्लो केही वर्ष यस क्षेत्रको पर्यटन प्रवर्द्धनको प्रयास भइरहेको छ । यही क्रममा मङ्सिर २२ देखि २५ सम्म गणेश हिमाल पर्यटन विकास समितिको संयोजनमा फाम ट्रिपको आयोजना गरियो ।
बहुमूल्य रुवि ढुङ्गा पाइने स्थान भएकाले रुबी भ्याली नाम दिइएको यस स्थानको आकर्षणको रूपमा ‘पाङसाङ पास’ रहेको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको यो पाङसाङ पासबाट मनोरम हिमशृङ्खलाहरू, सुन्दर हरियाली पहाडको अवलोकन गर्न सकिन्छ । यहाँबाट लाङटाङ लिरुङ अन्नपूर्ण, मनास्लु हिमाल, गणेश हिमालजस्ता हिमालहरूको मनोरम दृश्य देख्न सकिन्छ ।
काठमाडौँबाट जाँदा नुवाकोट–रसुवा हुँदै रुबी भ्याली पुग्न सकिन्छ भने धादिङ बेंसीहुँदै फर्कन सकिन्छ ।
समितिका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार रुबी भ्याली आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक क्षेत्रको रूपमा रहेको छ । त्यसैले समितिले सन् २०१२ देखि नै यसको प्रवर्द्धनको काम गरिरहेको छ । ‘यस पटक भने हामीले सञ्चारकर्मीहरूलाई रुबी भ्यालीका बारेमा जानकारी दिनका लागि यो भ्रमणको आयोजना गरेका हौँ’ उनले भने ।
रुबी भ्यालीमा घले दरबारलगायतका ऐतिहासिक स्थानहरू छन् भने सेतो दहलगायतका धार्मिक स्थलहरू पनि छन् । गणेश हिमाल आरोहणको लागि पनि यो बाटो प्रयोग गर्न सकिन्छ भने पाल्दोर पिक राजधानी काठमाडौँबाट सबैभन्दा नजिकमा र छोटो समयमा आरोहण गर्न सकिने हिमाल हो ।
‘रुबी भ्याली भएर पाल्दोर पीक पाँच देखि ७ दिनसम्ममै आरोहण गर्न सकिन्छ’ नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले भने, ‘यति नजिकमा हिमाल चढ्न पाउने ठाउँ छैन ।’
यहाँको अर्को आकर्षण भनेको जनजीवन र संस्कृति हो । गुचमुच्च रहेका लापा, तिप्लिङ, सेर्तुङ, बोराङ जस्ता तामाङ बस्तीहरु तामाङ संस्कृतिका खानी नै हुन् भन चालिस गाउँमा गुरुङ संस्कृतिको अवलोकन गर्न पाइन्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…