डोल्पाको डाँफे अब चिडियाखानामा
डोल्पा । डोल्पाबाट राष्ट्रिय पक्षी डाँफेलाई ललितपुरस्थित सदर चिडियाखाना लगिने भएको छ । मध्यवर्ती क्षेत्रका बासिन्दाले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे चिडियाखाना लैजान लागिएको निकुञ्जले जनाएको छ ।
एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका–२ रसीगाँउ बस्ने वीरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएका अवस्थामा उद्धार गरी निकुञ्जमा बुझाएका थिए । सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।
डाँफेलाई निकुञ्ज कार्यालयमा सुरक्षित राखिएकाले केही दिनभित्रै काठमाडौँ लैजाने तयारी भइरहेको पौडेलको भनाइ छ । एक महिनायता दुई घोरल र एक डाँफेसहित तीन संरक्षित वन्यजन्तु स्थानीयवासीले नै उद्धार गरी निकुञ्ज कार्यालयमा बुझाएका छन् । पछिल्लो समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई वन्यजन्तु संरक्षणमा जागरुक बनाउन निकुञ्ज सफल भएको सरोकार पक्षको भनाइ छ । संरक्षणका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्ति वा संस्थालाई निकुञ्जले पुरस्कारसमेत दिँदै आएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…