लिगलिगलाई केन्द्रमा राखेर पर्यटनको विकासमा जुटेका छौं: नगर प्रमुख कँडेल
गोरखाको पालुङटार नगरपालिकाले नगरवासीको समृद्धिको एक प्रमुख आधार पर्यटनलाई मानेको छ । खास गरेर लिगलिग कोटलाई केन्द्रमा राखेर यस क्षेत्रको पर्यटन विकास गर्न सकिने सोच नगर प्रमुख इ. दीपक बाबु कँडेलले अघि सारेका छन् ।
लिगलिग कोट क्षेत्रलाई केन्द्र बनाइए पर्यटन विकास गर्ने सोच अनुरूप नै यही फागुन ७ गते हुन लागेको लिगलिगे साइकल दौडलाई नगरपालिकाले सह प्रायोजन गरेको कँडेलले बताए । ‘लिगलिग आधुनिक नेपालको जग बसाल्ने स्थान मात्र होइन, तत्कालीन बाइसे चौबिसे राज्यकालमा दौडेर राजा छान्ने लोकतान्त्रिक पद्धति भएको स्थान पनि हो’ उनले भने ।
इतिहासको यो विशेष स्थानलाई केन्द्रमा राखेर पालुङटार नगरभित्र रहेका ऐतिहासिक, पुरातात्त्विक तथा प्राकृतिक मनोरम क्षेत्रलाई पर्यटकका लागि आकर्षण बनाउन लागि परेको कँडेलले बताए । हाइलाइट्स टुरिजमका लागि क्रियटिभ एडिटर अनिता गुरुङले नगर प्रमुख कँडेलसँग गरेको कुराकानी:
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…