February 21, 2021

लिगलिगे साइकल दौडको उपाधी मल्ल र गुरुङलाई

लिगलिग कोट, गोरखा । ऐतिहासिक लिगलिगे साइकल दौडको उपाधी पुरुष र महिलातर्फ शसस्त्र प्रहरी वल एपीएफका खेलाडीले हात पारेका छन् ।

दौडको उपाधी पुरुषतर्फ एपीएफका लक्ष्मण मल्ल र महिलातर्फ पनि एपीएफकै खेलाडी एपीएफका शोनी गुरुङले जितेका छन् । मल्लले ५२.९ किलोमिटरको दुरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै लिगलिगे साइकल दौडको उपाधि जितेका हुन् । त्यस्तै महिला तर्फ गुरुङले ५२.९ किलोमिटर दुरी २ घण्टा ५६ मिनेट ७ सेकेण्डमा पार गर्दै महिलातर्फ प्रथम भइन् ।
प्रथम हुनेलाई २५ हजार नगद पुरस्कार र मेडल प्रदान गरिएको थियो ।

त्यस्तै दोस्रो स्थान त्रिभुवन आर्मी क्लवका हिमाल टमटा प्राप्ता गरे । रउनले निर्धारित दुरी २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा पार गरे भने तेस्रो स्थान लिन सफल त्रिभुवन आर्मीकै ओकेश राज बज्रचार्यले २ घण्टा ३६ मिनेट ५६ सेकेण्डमा पार गरे । प्रतियोगितामा अनिल महर्जनले २ घण्टा ४१ मिनेट २३ सेकेण्डमा दुरी पार गरेर सन्त्वाना स्थान हासिल गरे ।

महिलातर्फ नुवाकोटकी लक्ष्मी मगरले निर्धारित दुरी ३ घण्टा २ मिनेट ९ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरिन् भने गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गर्न सफल भइन् । त्यस्तै प्युठानकी ह्युमेइ बुढा मगरले ३ घण्टा १२ मिनेट ५५ सेकेण्डमा पार गर्दै सन्त्वाना स्थान हासिल गरिन् । प्रतियोगितामा दोश्रो, तेश्रो र सन्त्वाना स्थान हाँसिल गर्ने खेलाडीलाई क्रमश २०, १५ र १० हजार नगद र मेडल पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै गण्डकी प्रदेशभित्र पुरुषतर्फ कास्कीका सन्दिप सुदौली प्रथम, गोरखाका लेख प्रसाद भट्ट दोश्रो र गोरखाकै पालुङटारका शिव श्रेष्ठले तेश्रो स्थान हासिल गरे । महिलातर्फ गोरखाकी उषा खनाल प्रथम, लमजुङकी केशरी थापा मगर दोश्रो र कास्कीकी जमुना थापा मगर तेश्रो इन् । गण्डकी प्रदेश भित्रको प्रतिस्पर्धामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश ५ हजार, तीन हजार र २५ सय नगद र मेडल प्राप्त गरे । प्रतियोगितामा पुरुष तर्फ ६२ र महिला तर्फ १७ जना खेलाडीले सहभागीता जनाएका थिए ।

प्रतियोगिताका बिजेताहरुलाई पालुङटार नगरपालिकाका मेयर दीपक बावु कंडेल, उपमेयर पम्फा बसेल, नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मी, नेपाल साइक्लिङ संघको अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष सन्जीव रानामगर लगायतले पुरस्कार राशी र मेडल प्रदान गरेका थिए ।

प्रतियोगितालाई नेपाल पर्यटन वोर्ड र पालुङटार नगरपालिकाले प्रायोजन गरेको थियोभने सिरानचोक गाउँपालिका र राइनास नगरपालिकाको सहप्रायोजन, नेपाल साइकल संघको प्राविधिक सहयोग, हाइलाइटस टुरिजमको मिडिया सहकार्य, रेस रुट भोलिन्टेयर बौद्ध हिमाल युवा क्लव, कम्युनिकेशन सपोर्ट स्टोरी साइकल, टिसर्ट सौजन्य आंपपिपल निवासी समाजसेवी मनकाजी श्रेष्ठ (हङकङ), झण्डा सौजन्य गोरखा समाज हङकङ र २० जना खेलाडीको दर्ता शुल्क चितवन फिजिकल फिटनेस सेन्टरले प्रायोजन गरेको थियो ।

यो पनि :

लिगलिगे साइकल दौड हुँदै, यस्ता छन् सहभागीलाई पुरस्कार र सुविधा

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…