आकर्षण बन्दै मट्टीखान भ्यूटावर
स्याङ्जा । फेदीखोला गाउँपालिका–१ मा पर्ने मट्टीखान भ्यूटावरमा अवलोकनकर्ताहरु बढ्न थालेको छ । यो भ्यूटावर १५२० मिटरको उचाईमा रहेको छ ।
स्याङ्जा र कास्कीको सिमामा पर्ने यस स्थानमा शितल हावा चल्ने भएकोले पोखरा सहरका मानिसहरुको लागि आकर्षण बनेको छ । गोर्खा अभियन्ता बेलायती अभिनेत्री जोअन लुम्ले पनि यस भ्यूटावरमा पुगेर शितल हावा खाएर गएकी थिइन् ।
यस भ्यूटावरबाट माच्छापुछ्रे, अन्नपूर्ण र धौलागिरी हिमश्रृंखलाहरु प्रष्टसँग देख्न सकिन्छ । भ्यूटावरमा दुरविन पनि जडान गरिएको छ । उक्त दुरविनमा रु. १० को सिक्का राखेपछि पाँच मिनेटसम्म दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट पोखरा सहरकासाथै २० वटा जिल्ला देख्न सकिने स्थानीय अर्जुन पोखरेलले बताए ।
यहाँ जानका लागि दुई बाटाहरु छन्, पोखराको छोरेपाटन–फुस्रेखोला हुँदै मट्टी खान पुग्ने बाटोमा आधा घण्टा लाग्छ भने सिद्धार्थ राजमार्गको स्याङ्जास्थित कुभिण्डेबाट रामकोट हुँदै १५ मिनेटमा पुग्न सकिन्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…