एक पटकमा १५० देखि १७० जनाले सगरमाथा चढ्न पाउने
काठमाडौँ । पर्यटन विभागले एक पटकमा १५० देखि १७० जनासम्मलाई मात्र सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सक्ने निर्देशन जारी गरेको छ । विगतका वर्षमा मौसम अनुकूल भएको बेला सबै आरोही एकै पटक आरोहणमा जाँदा ट्राफिक जाम हुनेलगायतका समस्या देखिएपछि यस वर्षको वसन्त ऋतुको आरोहण व्यवस्थापन गर्न नयाँ निर्देशन जारी गरेको हो ।
सन् २०१९ को वसन्त ऋतुमा हजारौँ आरोही एकै चोटि सगरमाथा आरोहणमा जाँदा चुचुरामा पुग्ने बेला ट्राफिक जाम भएको तस्बिर विश्वव्यापी रूपमा भाइरल भएपछि व्यवस्थापनलाई लिएर लोचना भएको थियो ।
सगरमाथामा आरोहणको क्रममा सुरुमा बाटो बनाउने र डोरी टाँग्ने काम हुन्छ । ती कामहरू सकिएपछि अनुकूल मौसम हेरेर आरोहण गर्ने गरिन्छ । तर अनुकूल मौसम देखिने बित्तिकै सबै आरोहीहरू आरोहणको लागि जाने हुँदा अव्यवस्थित हुने गर्दछ ।
यस वर्ष विभागले अनुमति लिएको आधारमा आरोहणको तालिका बनाइ दिएको छ । विभागले जारी गरेको सूचना अनुसार बाटो बनाउने र डोरी टाँग्ने काम सकिए पछिको पहिलो अनुकूल मौसममा अनुमति पत्र नं. ६, ७, ९, १४, १७, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएकालाई आरोहण गर्न भनिएको छ ।
त्यसै गरी दोस्रो अनुकूल मौसममा ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ नं. अनुमतिमार्फत अनुमति लिएकाहरूलाई आरोहण गर्न भनिएको छ । अनुमति नं. ७२ देखि पछि अनुमति लिएकाहरूले तेस्रो अनुकूल मौसममा आरोहण गर्न भनिएको छ ।
यद्यपि यो व्यवस्थाले अनुमति लिएका आरोहीहरूको आरोहणमा असहज हुने भएमा आरोहण व्यवस्थापन गर्ने एजेन्सीहरूले आपसी सहमति र समन्वय गरी १५० देखि १७० जनाको सङ्ख्यामा नबढ्ने गरी र आरोहणमा पनि असर नपर्ने गरी मिलाउन सकिने विभागले जनाएको छ । यसका लागि पर्वतारोहण सञ्चालक सङ्घले आरोहणको व्यवस्थापन गर्ने एजेन्सीहरूसँग समन्वय गर्नुपर्ने उल्लेख छ ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ३९ समुहका ३७१ जनाले अनुमति लिएका छन् । यो विगतको भन्दा कम संख्या हो । त्यसैगरी सगरमाथासहित सबै हिमालका गरी ७४ समुहका ६५९ जनाले आरोहण अनुमति लिएका छन् ।
विभागले एउटा हिमाल आरोहण गरेर अर्को हिमाल आरोहणका लागि जाने वा पदयात्राका लागि जानेहरूले अनिवार्य रूपमा कोरोनाको पिसिआर परीक्षण गर्नुपर्ने पनि उल्लेख गरेको छ । पिसिआरको नेगेटिभ रिपोर्ट भएपछि मात्र अर्को हिमाल आरोहणको अनुमति दिइने उल्लेख गरेको छ ।
साथै कुनै पनि पर्यटकको खोजी तथा उद्धार गर्नुपर्ने भएमा विभाग र पर्यटन प्रहरी इकाईलाई जानकारी गराएर काम गर्न पनि भनेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…