April 27, 2021

निषेधज्ञा सुरु हुनुअघि उपत्यका छाड्नेको लर्को

काठमाडौँको कोटेश्वरबाट मङगलबार गाँउ फर्किदै सर्वसाधारण । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले यही वैशाख १६ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा गरेसँगै उपत्यका बाहिर जानेको भीड हुन थालेको हो । तस्बिर: रोशन सापकोटा,रासस

काठमाडौँ । सरकारले बिहीबारबाट उपत्यकासहित संक्रमण बढेका जिल्लामा दुई साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै धेरै जनामा काठमाडौं उपत्यका छोड्ने हतारो देखिएको छ ।

संक्रमण तीव्र भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका छाड्न चाहनेलाई दुई दिन समय राखेर निषेधज्ञा लगाउने निर्णय गरेको हो । काठमाडौं उपत्यका मुलुककै सबैभन्दा धेरै बाहिरबाट आएर बसोबास गर्ने मानिस भएको स्थान हो ।

सर्वसाधारण चापागाउँ, नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरीका अनुसार दुई दिनमा झण्डै दुई लाख जनाले उपत्यका छाडेका छन् ।

 

उपत्यका छाडेर घर जान चाहनेले सवारी साधन नपाएर नाकाहरुमा लामो लामो लाइन देखिएको छ ।

यस पटक दुई सातालाई निषेधज्ञा लगाउने भनिए पनि यो बढ्ने आशंकाले धेरै मानिस आफ्नो थातथलो जान लागेका हुन् । यसअघि अघिल्लो चैतमा पनि सुरुमा दुई साताको लागि भनेर लकडाउन गरिए पनि पछि चार महिना लम्बिंदा धेरै सास्ती खेप्नु परेको थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…