May 11, 2021

sf]/f]gf /f]usf ;+qmldtx? w]/} b]lvg yfn]kl5 g]kfn ;/sf/n] j};fv !^ b]lv @ xKtf ;Dd sf7df8f}+ pkTosfdf ns8fpg 3f]if0ff u/]kl5 ;’g;fg l;+xb/jf/jf6 eb|sfnL hfg] ;8s v08 . t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपिएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ली अधिकारीको बैठकले थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउँदै दुई साता थप गरिएको छ । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयबाट हुने सेवा प्रवाह स्थगित गरिएको छ ।

अत्यावश्यक सेवा पनि सीमित कर्मचारीबाटै प्रवाह गर्न निर्देशन दिइएको छ । त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका परेमा आयोजनाबाहेकका सबै निर्माण कार्यमा पनि रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री खरिदमा भीडभाड बढेकाले भन्दै किनमेलका लागि बिहान १ घण्टा समय थपिएको हो। अब निषेधाज्ञाका बेला होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको छ

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …