एकै दिन ७० आरोही सगरमाथाको शिखरमा
सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ ।
बुधवार एकैदिन ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिएकी छन् ।
हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।रासस
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …