सगरमाथा चढ्ने क्रममा बुधवार दुई विदेशी आरोहीको मृत्यु
काठमाडौं । सर्बोच्च शिखर सगरमाथा आरोहणको क्रममा बुधवार दुई बिदेशी आरोहीको मृत्यु भएको छ । बुधवार ७० जनाले सगरमाथाको सऱ्फल आरोहऱ्ण गरेका थिए ।
सगरमाथा बेस क्याम्पमा रहेका आरोहण ब्यवस्थापक एजेन्सी सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक छाङ दावा शेर्पाले आफ्नो फेसबुक पेजमार्फत दिएको जानकारी अनुसार मृत्यु हुनेमा ४० वर्षीय स्विस नागरिक अब्दुल वाराइच र ५५ वर्षीय अमेरिकी नागरिक पुवे लियू रहेका छन् ।
उनका अनुसार वाराइचको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको हो । शेर्पाले वाराइचको निधन साउथ समिट नजिकै भएको जानकारी दिएका छन् । ‘अब्दुल सफलतापूर्वक शिखरमा पुगे तर उनले समस्या सामना गर्न सकेनन । खाना र अक्सिजनसहित दुई शेर्पालाई पठाए पनि उनलाई जोगाउन सकिएन,’ उनले लेखेका छन् ।
त्यसैगरी अमेरिकी आरोही पुवे लियूको भने चुचरो उक्लिने क्रममै हिलारी स्टेपमा समस्या भएपछि फर्केर आउदा साउथ कोलमा मृत्यु भएको हो । शेर्पाले लियूमा थकान र स्नो ब्लाइन्डनेश भएको उल्लेख गरेका छन् ।
‘’अतिरिक्त अक्सिजन र शेर्पाहरुको सहयोगमा साउथ कोलसम्म ल्याईए पनि उनको निधन भयो’’ उनले लेखेका छन् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …