August 26, 2021

महामारीको मारमा पाटन दरबार क्षेत्र (फोटोफिचर)

विश्व सम्पदासूचिमा सूचिकृत पाटन दरबार क्षेत्र काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो । उपत्यकाका तीन शहरमध्ये पनि पाटनलाई सबैभन्दा पुरानो शहर मानिन्छ । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्रको रौनक कोरोनाको महामारी अघि बेग्लै थियो ।

सत्रौँ शताब्दी देखिका कला र सांस्कृतिक सम्पदाले सिँगारिएको यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइचो लाग्थ्यो । तर कोरोना महामारीले उग्ररुप लिएपछि सुरु भएको लकडाउन र अन्य विविध किसिमका प्रतिबन्धहरुका कारण विदेशी पर्यटकहरु नेपाल आउन पाएका छैनन् । त्यसैगरी स्वदेशी पर्यटकहरुले पनि घुमफिर कमै मात्र निस्किएका छन् ।

नेपालमा फैलिएको कोरोनाको दोस्रो लहर र त्यस निम्त्याएको निषेधाज्ञा तथा तेस्रो लहरको त्रासकाबीच यो ऐतिहासिक पुरातात्विक स्मारक क्षेत्रमा थोरै चहलपहल सुरु भएको छ । यद्यपी २०७२ सालको महाभुकम्पका कारण ढलेका स्मारकहरुको जीर्णोदार नसकिंदा अझै पनि आकर्षक बन्न सकेको छैन । यही सेरोफेरोमा पाटन दरबार क्षेत्रको अहिलेको अबस्थाका बारेमा चित्रण गर्ने गरी यसै साता प्रकाश गुरुङले लिएका तस्बिरहरु यहाँ दिइएको छ ।

 

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …