मेरा पिक क्षेत्रमा फसेका आरोहीको उद्धार
काठमाडौं । खराब मौसम र भारी हिमपातका कारण मेरा पिक (६४७० मि.) आरोहण गरी फर्कने क्रममा फसेकाहरुमा मध्ये एक जना बाहेक सबैलाई उद्धार गरिएको छ । सम्पर्क बिहीन एक जनाको पनि उद्धारको लागि खोजी कार्य जारी रहेको छ ।
मकालु एड्भेन्चर प्रा.लि.बाट आरोहणमा गएका चार विदेशी र एक जना नेपाली पथ प्रदर्शकलाई उद्धार गरी राजधानी ल्याइएको छ । उनीहरुको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै एड्भेञ्चर भिक्टोरी टिममार्फत आरोहणमा गएका शेर्पा इभेन्ट्स अर्गनाइजरका सदस्यहरुलाई पनि उद्धार टोलीले लुक्ला ल्याइ पुर्याएको नेपाल पर्वतारोहण संघ (एनएमए) ले जनाएको छ । उक्त टिमका एक सदस्य छेतेन शेर्पा भने पछिल्लो तीन दिनदेखि सम्पर्कविहीन छन् ।
मेरा पिक नेपाल पर्वतारोहण संघ (एनएमए) ले ब्यवस्थापन गर्दै आएको हिमाल हो । यसको आरोहणको लागि संघबाट अनुमति लिनुपर्ने हुन्छ ।
दुवै टोली पिक आरोहण गरी फर्कदै गर्दा खराब मौसम र ठूलो हिमपातका कारण बाटोमै रोकिएका थिए ।
संघका अध्यक्ष सन्तवीर लामाले बिहीबार जारी गरेको विज्ञप्तीमा कम्पनीसँगको समन्वयमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँग मिलेर खोजी कार्य जारी राखिएको छ । खोजी कार्यमा ग्रुप लिडर नुरु शेर्पा र क्लाइम्बिङ गाइड कामी शेर्पा नेतृत्वमा टोली परिचालन गरिएको छ । ‘हामी आशा गर्दछौं कि उहाँलाई चाढै नै सकुसल उद्धार गर्ने छौं’ लामाले बिज्ञप्तीमा भनेका छन् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …