मुलुकभर बर्षा र हिमपात, जनजीवन कष्टकर (फोटोफिचर)
काठमाडौँ । मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा बुधबार पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तल्लो डोल्पाको मुडकेचुला गाउँपालिका डोल्पाको नुर्क, सुरमा भारी हिमपातपछि जनजीवन प्रभावित । डोल्पाको ७० प्रतिशत भू–भाग हिउँले सेताम्य पारेको छ । तस्वीर : हेमन्त केस/रासस
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …