January 4, 2022

एस्पिरेन्ट गाइड कोर्षका लागि सहभागीहरु रोल्वालिङमा

काठमाडौं । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले आयोजना गर्ने एस्पिरेन्ट गाइड कोर्ष २०२१/२२ का सहभागीहरु रोल्वालिङ् भ्याली पुगेका छन् ।

मुलुकभर झरी परेर भारी हिउ परिरहेको बेला अन्तर्राष्ट्रिय माउण्टेन गाइड बन्ने आकांक्ष राखेका आठ जना प्रशिक्षार्थी, पाँच जना प्रशिक्षक र एक जना कर्मचारी रोल्वालिङ पुगेका हुन् ।

तीन कम्पोनेन्टमा हुने एस्पिरेन्ट गाइड कोर्षको यो पहिलो कम्पोनेन्ट हो । यसमा प्रवेश परिक्षा र पहिलो कम्पोनेन्टका लागि प्रशिक्षार्थीहरु ४५ दिन रोल्वालिङ भ्यालीमा बसेर तालिम लिने छन् ।

संघका तालिम निर्देशक नरेन्द्र शाहीका अनुसार तीन वटै कम्पोनेन्ट सकाएर अन्तिम् परिक्षा उतिर्ण भएपछि इन्टर्नेशनल फेडेरेशन अफ माउण्टेन गाइड एसोसिएसन्सको सर्टिफाइड माउन्टेन गाइड हुने छन् ।

संघका अनुसार यस वर्ष दंडु शेर्पा, अशोक लामा, सुजन गुरुङ, पेम्बा ग्याल्त्सेन शेर्पा, दावा सिंघी ह्योल्मो, कामी तेम्बा शेर्पा, मन राज गुरुङ र लाक्पा ग्याल्जेन शेर्पा प्रशिक्षार्थी छन् भने प्रमुख प्रशिक्षकमा निमा तेञ्जी शेर्पा तथा नरेन्द्र शाही, रितेन जाङ्बु शेर्पा, हरेराम खड्का र अविरल राई प्रशिक्षक छन् । साथमा कर्मचारीको रुपमा डम्बर राई रहेका छन् ।

 

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …