पर्यटन प्रर्वद्धनका लागि धरानमा इस्ट टुरिजम मार्ट
आन्तरिक तथा सीमापार पर्यटन प्रर्वद्धन गर्नका लागि आयोजित तीन दिने इस्ट टुरिजम मार्ट धरानमा जारी छ ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको मार्टको उद्घाटन गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्रि राजेन्द्र कुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको प्रवर्द्धन आवश्यक रहेको बताए ।
उनले प्रदेश नम्बर एकमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस्ता मार्टले आन्तरिक तथा सीमापार पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासका लागि विभिन्न दातृसंस्थाहरुसँगको सहकार्यमा काम गरिरहेको समेत जानकारी दिए ।
धरान उपमहानगरको सहयोगमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आइरहेकोमा इष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको बताइएको छ ।
नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले सिमित स्रोत र साधनका बीच पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम आयोजना गरेको बताउँदै बोर्डले सातै प्रदेशमा यस्ता मार्टहरुको आयोजना गर्न गईरहेको जानकारी दिए ।
नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा फाल्गुन २६, २७ र २८ गते वेस्टर्न टुरिजम मार्ट सम्पन्न भइसकेको छ भने धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा यही २०७८ चैत्र २५, २६ र २७ गते (फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको छ ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडले थलिएको पर्यटनलाई विस्तारै लयमा फर्काउन आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए ।
प्रदेश नं. १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचारप्रचार गर्ने उदेश्यका साथ धरानमा मार्ट आयोजना गरिएको इष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले बताएका छन् ।
धरानमा आयोजित मार्टमा भारतको सिलगुडि तथा विहारलगायतका सीमा क्षेत्रबाट भारतीय ट्राभल/टुर व्यवसायीहरुको सहभागिता रहेको बोर्डले जनाएको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …