April 11, 2022

यस सिजनमा हिमाल आरोहण अनुमति लिनेको सङ्ख्या ५३० पुग्यो

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणमा लागि अनुमति लिने आरोहीको सङ्ख्या सोमबारसम्ममा ६४ आरोहण दलको ५३० जना पुगेको छ ।  उनीहरूले विभिन्न १८ हिमालका लागि आरोहण अनुमति लिएका हुन् ।
पर्यटन विभागका अनुसार अनुमति लिनेमध्ये ४११ पुरुष र ११९ जना महिला आरोही छन् । उनीहरूबाट २४ लाख डलर भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । आरोहीहरूको पहिलो रोजाई सर्वोच्च शिखर सगरमाथा नै रहेको छ ।  हालसम्म सगरमाथाका लागि २ सय ४ जनाले आरोहण अनुमति लिएका छन् । त्यस मध्ये १५८ पुरुष र ४६ महिला छन् ।
दोस्रो रोजाइमा ८५८६ मिटर अग्लो कञ्चनजंग र ८५१६ मिटर अग्लो ल्होत्से परेका छन् । दुवै हिमाल आरोहणका लागि ५२/५२ जनाले अनुमति लिएका छन् । त्यसै गरी तेस्रो रोजाइमा ६८१० मिटर अग्लो अमादब्लम हिमाल परेको छ, यस हिमाल आरोहणका लागि ३९ जनाले अनुमति लिएका छन् ।
कोरोना महामारीका कारण अघिल्लो वर्ष आरोहण बन्द थियो भने गत वर्ष आरोहीको सङ्ख्या उल्लेख रहे पनि बढी सगरमाथामा केन्द्रित थियो । तर यस वर्ष नेपालमा कोरोनाका कारण लगाइएका बन्देजहरु फुकुवा भइसकेको हुँदा पर्वतारोहण तथा पर्वतीय पदयात्रामा आउने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।
कुन हिमालमा कति जना?

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …