यस आरोहण सिजनमा पहिलो मृत्यु, धौलागिरिमा ग्रिसका आरोहीले गुमाए ज्यान
ग्रिसका आरोही एन्टोनिस स्यकारिसकोअ धौलागिरि हिमाल आरोहण गरेर फर्कने क्रममा मृत्यु भएको छ । आरोहण पछि फर्कने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाईमा उनको मृत्यु भएको बताइएको छ । यस आरोहण सिजनमा यो पहिलो मृत्यु हो ।
उनको आरोहण व्यवस्थापन गरेको सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिसनका अनुसार ६० वर्षीय एन्टोनिस् ८१६७ मिटर अग्लो धौलागिरि हिमालको सोमबार सफल आरोहण गरेका थिए । त्यहीबाट फर्कने क्रममा अस्वस्थ भइ मृत्यु भएको हो । उनको पथ प्रदर्शकको रुपमा दावा शेर्पा थिए ।
ग्रिस रिपोर्टरका अनुसार एन्टोनिस ८ हजार मिटर भन्दा अग्लो पाँच हिमालको आरोहण गर्ने पहिलो तथा एक्ल ग्रिक नागरिक हुन् । उनले हालसम्म सगरमाथा‚ कञ्चनजंघा‚ मनास्लु‚ ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका छन् । धौलागिरिको सफल आरोहणपछि यो संख्या छ पुगेको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …