चर्चित ग्रामिण पर्यटकीयस्थल घलेगाउँलाई एमाले अध्यक्ष ओलीद्वारा ‘सुखी गाउँ’ घोषणा
लमजुङको चर्चित पर्यटकीय गाउँ घलेगाउँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी गाउँ’ घोषणा गरेका छन् । जिल्लाको उत्तरपूर्वी घलेगाउँ पुगेका ओलीले ‘सुखी घलेगाउँ’ घोषणा गरेका हुन् ।
घलेगाउँ पछिल्लो समयमा ग्रामिण पर्यटनको पर्याय नै बनेको छ । गुरुङ घलेहरुको संस्कृति, ग्रामिण जीवन तथा त्यहाँबाट देखिने हिमशिखरहरुको दृष्यावलोकन प्रमुख आकर्षण हुन् ।
दुई दशक अघि ग्रामिण पर्यटनको लागि होमस्टेहरु सञ्चालन ल्याएर सुरु भएको घलेगाउँमा आजकल दैनिक तीन सयजनासम्म पर्यटक पुग्ने गरेका छन् ।
पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्षसमेत रहेका क्ह्वालासोथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेका नेतृत्वमा गाउँलाई एमाले अध्यक्ष ओलीले ‘सुखी घलेगाउँ’ घोषणा गरेका हुन् ।
घले, गुरूङ र दलित समुदायको बसोबास रहेको घलेगाउँमा १२५ घर रहेकामा प्रतिघरको वार्षिक आम्दानी सरदर रु पाँचदेखि छ लाख र रु एक लाखदेखि डेढ लाखसम्म वार्षिक बचत हुने गरेकाले र मापदण्ड पूरा गरेकाले गाउँलाई सुखी गाउँ घोषणा गरिएको बताइएको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …