देशका विभिन्न भागमा छठ पर्व भव्यरुपमा मनाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ । मधेस र पहाडमा पनि विभिन्न नदी किनार तथा तालको छेउलाई सजाएर छठ मनाउने चलन छ ।
आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका बर्तालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठ व्रत गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित औरही खोलामा छठ पूजाका लागि तयार गरिएको छठ घाटमा राखिएका पूजाका सामान । चारदिवसीय छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा आराधना गरिन्छ । तस्बिर ः अजयकुमार साह÷रासस
छठी माताको पूजा आराधना गर्न जनकपुरधामको गङगासागर, छठ घाटमा राखिएका पूजाका सामान । तस्बिरः निरञ्जनकुमार साह÷रासस
पोखराको नदीपुरस्थित नारायणथान मन्दिर परिसरमा आइतबार छठ पूजाको तयारी गरिँदै । पूजास्थललाई गाईको गोबरले लिपेर शुद्ध बनाइनुका साथै परिसरमा बत्ती र ध्वजा पतकाले सिँगारिएको छ । भक्तजनले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने छन । तस्बिरः कृष्ण दवाडी÷रासस
मोरङको रङगेलीस्थित खोला किनारमा आज साँझ हुने छठ पूजाका लागि केराको बोटले सिङ्गारिएको अवस्था । तस्बिरः विवेक मिश्र÷रासस
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलामा छठी माताको पूजा आराधना गर्न भक्तजनले सिङगारेको छठ घाट । तस्बिर ः मणिराम दाहाल÷रासस
राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार गौरीघाटमा छठ पर्वको कार्यक्रमस्थलमा । तस्बिर ः चन्द्रकला क्षेत्री, रासस
काठमाडौँको गौरीघाटमा निर्माण गरिएको घाटमा छठी माताको पूजा आराधनाका लागि तयारी गरिएको पूजा सामग्री । तस्बिर ः चन्द्रकला क्षेत्री, रासस
काठमाडौँको गौरीघाटमा निर्माण गरिएको घाटमा छठी माताको पूजा आराधनाका गर्दै ब्रतालु । तस्बिर ः चन्द्रकला क्षेत्री, रासस
काठमाडौँको गौरीघाटमा निर्माण गरिएको घाटमा छठी माताको पूजा आराधनाका लागि तयारी गरिएको पूजा सामग्री । तस्बिर ः चन्द्रकला क्षेत्री, रासस
छठ पर्वको अवसरमा नारायणी नदीमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धालु भक्तजनहरु । तस्बिर ः नारायण अधिकारी, रासस

छठ पूजाको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरममा रहेको खोलामा आइतबार छठको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई छठी मातालाई पूजा आराधाना गरी प्रसाद अर्पण गर्दै ब्रतालुु महिला । तस्बिर ः सुमित्रा अधिकारी, रासस
छठ पर्वको मुख्य दिन अर्थात कार्तिक शुक्ल षष्ठीमा आइतबार विराटनगर–१ को सिंघिया नदीमा पानीमा डुबेर व्रतालुहरूले अस्ताउँदो सूर्यको पूजा आराधना गरी दूध र पानीको अर्घ दिँदै । नदी, जलाशय, पोखरी, तालको किनारमा छठ घाटको निर्माण गरी छठ पर्व मनाउने चलन छ । छठ पर्व मनाउँदा पारिवारिक कल्याण, समृद्धि र मनोकामना पूर्ण हुने जनविश्वास छ । तस्बिर ः अनुज सापकोटा, रासस

छठ पर्वको तेस्रो दिन आइतबार विराटनगर–६ सरौचियास्थित सुनसरी मोरङ सिंचाई आयोजनाको नहरमा अस्थाउँदो सूर्य एवं छठी मातालाई अर्घ दिन घिस्रेर जाँदै एक ब्रतालु महिला । तस्बिर ः मनोज दाहाल, रासस
छठ पर्वको तेस्रो दिन आइतबार विराटनगर–६ सरौचियास्थित सुनसरी मोरङ सिंचाई आयोजनाको नहरमा अस्थाउँदो सूर्य एवं छठी मातालाई अर्घ दिँदै ब्रतालु महिलाहरु । तस्बिर ः मनोज दाहाल, रासस
छठ पर्वको आइतबार तेस्रो दिन विराटनगर–६ सरौचियास्थित सुनसरी मोरङ सिंचाई आयोजनाको नहरमा अस्थाउँदो सूर्य एवं छठी मातालाई प्रसाद अर्पण गर्दै एक ब्रतालु । तस्बिर ः मनोज दाहाल, रासस
छठ पर्वको अवसरमा कागेश्वरी–मनोहरा नगरपालिका वडा नं ८ शिवचोकस्थित वागमतीमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु । तस्बिर ः शर्मिला तिमल्सिना, रासस
भक्तपुर नगरपालिकाको कमलविनायकस्थित कमल पोखरी आइतबार साँझ छठ पर्व मनाउँदै । तस्बिर ः रमेश गिरी, रासस
भक्तपुर नगरपालिकाको कमलविनायकस्थित कमल पोखरी आइतबार साँझ छठ पर्व मनाउँदै । तस्बिर ः रमेश गिरी, रासस
पोखराको केदारेश्वर मन्दिर परिसर फेवाताल छेउमा निर्माण गरिएको छठ पूजास्थलमा आइतबार साँझ छठी माताको पूजा गरी अस्ताउँदो सूर्यको पूजाआराधना गर्दै । तस्बिर ः राधिका कँडेल, रासस
पोखराको केदारेश्वर मन्दिर परिसर फेवाताल छेउमा निर्माण गरिएको छठ पूजास्थलमा आइतबार साँझ छठी माताको पूजा गर्दै श्रद्धालु भक्तजनहरु । तस्बिर ः राधिका कँडेल, रासस
पोखराको केदारेश्वर मन्दिर परिसर फेवाताल छेउमा निर्माण गरिएको छठ पूजास्थलमा आइतबार साँझ छठी माताको पूजा गर्दै श्रद्धालु भक्तजनहरु । तस्बिर ः राधिका कँडेल, रासस
सुनसरीको इनरुवास्थित सुनसरी खोलामा आइतबार सूर्यको उपासना गर्दै ब्रतालु । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । तस्बिर ः नवीन गडतौला, रासस
बागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउदै गरेको सूर्यलाई अघ्र्य दिँदै । तस्बिर ः किरणराज बिष्ट÷रासस
बागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउदै गरेको सूर्यलाई अघ्र्य दिँदै । तस्बिर ः किरणराज बिष्ट÷रासस
धरान उपमहानगरपालिका–४ र १५ बीचमा पर्ने सेउती खोलामा छठ पूजा हेर्न पुलमा बसेका श्रद्धालु । पहाडे समुदायको बसोबास रहेको धरानमा अधिकांशले लामो समयदेखि छठ मनाउँदै आएका छन । तस्बिरः देवेन्द्र कार्की÷रासस
चार दिवसीय छठपर्वको सोमबार अन्तिम दिन जनकपुरधामको कुवारामपुरस्थित पोखरीको छठ घाटबाट देखिएको उदयमान सूर्य र अघ्र्य दिनलाई राखिएको प्रसाद । तस्बिर ः अजयकुमार साह÷ रासस
चितवनको नारायणी नदी किनारमा उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिने बर्तालुहरुको भीड । तस्बिर ः कृष्ण आचार्य÷रासस
छठपर्वको सोमबार अन्तिम दिन जनकपुरधामको कुवारामपुरस्थित पोखरीको छठ घाटबाट देखिएको उदयमान सूर्य र अघ्र्य दिँदै बर्तालु । तस्बिर ः अजयकुमार साह÷ रासस
छठ पर्वको चौथो दिन दिन सोमबार विराटनगर–११ स्थितस्थित जनपथ टोलमा रहेको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा उदाउँदो सूर्य भगवान एवम छठी मातालाई बर्तालु महिला तथा पुरुषले अघ्र्य दिँदै । छठ पर्व सोमबारदेखि सम्पन्न भएको छ । तस्बिर ः मनोज दाहाल ÷रासस
नुवाकोटको त्रिशूलीस्थित त्रिशूली नदी किनारमा सोमबार बिहान छठ पूजा गरिँदै । विभिन्न कामको सिलसिलामा तराईबाट नुवाकोट आएर बसेकाहरुले हरेक वर्ष त्रिशूली नदी किनारलाई सिँगारेर छठ पूजा गर्दै आएका छन । तस्बिर ः नवदीप श्रेष्ठ÷रासस
छठ पर्वको आज सोमबार अन्तिम दिन उदाउँदो सूर्यलाई प्रसाद चढाउँदै श्रद्धालु । तस्बिर ः चन्द्रदेव साह÷रासस
छठ पर्वको चौथो दिन सोमबार विराटनगर–१२ स्थितस्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा उदाउँदो सूर्य एवं छठी मातालाई पानीमा उभिएर पूजा गर्दै एक बर्तालु महिला । छठ पर्व सोमबारदेखि सम्पन्न भएको छ । तस्बिर ः मनोज दाहाल ÷रासस
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पूर्वउपसभापति विमलेन्द्र निधिको गृहगाउँ नगराईनमा सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा । तस्बिर ः निरञ्जनकुमार साह÷रासस
छठ पर्वको अवसरमा झापाको भद्रपुर–५ स्थित मेची नदीमा सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धालु भक्तजन । उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व समापन भएको छ । तस्बिर ः सन्तोष शर्मा÷रासस
छठ पर्वको अवसरमा सप्तरीको राजविराज–३ कल्टु पोखरीमा सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै भक्तजन । यो सँगै छठ पर्व सम्पन्न भएको छ । तस्बिर ः अरूणकुमार यादव÷रासस