हिँउ नपर्दा कालिन्चोक क्षेत्र सुनसान
तस्बिरहरु : लाला गुरुङ/हाइलाइट्स टुरिजम
गतवर्ष यतिबेला धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिन्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो थेगि नसक्नु थियो । तर यतिबेला भने यो क्षेत्र सुनसान छ । शनिबार र पुजाको तिथी पर्ने दिनहरुमा चहल पहल भएपनि अरु बेला यहाँ पर्यटकहरु आएका छैनन् ।
राजधानीबाट नजिकमा रहेको दोलखाको यो उच्च भूभागमा हिउँदमा मंसिरदेखि नै हिँउ पर्ने हुँदा हिँउ हेर्न र खेल्नका लागि पर्यटकहरु आउने गर्थे । बाक्लो हिँउ परेको बेला यहाँ स्कीको समेत आयोजना हुने गर्थ्यो । तर यस पटक भने माघको अन्तिम सातासम्म हिँउ नपर्दा यहाँका पर्यटन व्यवसायी चिन्तित् छन् ।
पछिल्लो केही वर्षयत्ता हिउँ खेल्ने पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको कालिञ्चोक क्षेत्रमा भारतीय मूलका पर्यटकको सङ्ख्या पनि बढ्दै गएको थियो । राजधानी काठमाडौँ तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएको कारण कालिञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको थियो । तर हिँउ नपर्दा यस वर्ष भने त्यसले निरन्तरता पाउन सकेन ।
गत वर्षको हिँउदमा कालीञ्चोक क्षेत्रमा मात्र दैनिक पन्ध्र सयभन्दा बढी पर्यटक भित्रिने गरेका थिए । कालिन्चोकको कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न करिब १०० होटल सञ्चालनमा छन् । त्यसले दैनिक तीन हजार ५०० देखि चार हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सकिने बताइन्छ । हिउँ पर्ने आशामा बुकिंग भएपिन हिउँ नपरेका कारण पर्यटक नआएको होटल व्यवसायीहरुले बताएका छन् ।
राजधानी काठमाडौँबाट १३३ किमीको सडक यातायातबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालिञ्चोक पुग्न सकिन्छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …