नेपाली गाउँघर (फोटोफिचर)
खासुर, बेंसीसहर नगरपालिका, लमजुङ । तस्बिर : खिम घले/हाइलाइट्स टुरिजम ।
बेतेनी गाउँ, शहीद लखन थापा गाउँपािलका, गोरखा । तस्बिर: खिम घले/हाइलाइट्स टुरिजम ।
कोटथोक गाउँ । शहीद लखन थापा गाउँपािलका, गोरखा । तस्बिर: संजीव गुरुङ्/हाइलाइट्स टुरिजम ।
रूकुमपश्चिमस्थित मुसिकोट नगरपालिकामा रहेको सुन्दर शेरिगाउँ । तस्विरः सुरेश आचार्य/रासस
बारेकोट गाउँपालिका–८ सेपुखोलास्थित नलगाड किनारमा रहेको बस्ती । तस्बिर : हेमन्त केसी, रासस
पूर्वी रुकुमको भूमे गाँपालिका–१ स्थित लुकुम गाउँ । मध्यपहाडी लोकमार्ग छेउमै रहेको यो गाउँ पर्यकीय गन्तव्य बनेको छ । तस्बिर : डम्मर बुढा मगर/रासस
पूर्वी रुकुमको भूमे गाउँपालिका–१ स्थित लुकुम गाउँ। यो क्षेत्र मध्यपहाडी लोकमार्गमा जोडिएपछि खेतीयोग्य जमिनमा तीव्र रुपमा बस्ती बिस्तार हुँदैछ । तस्बिर : डम्मर बुढा मगर, ढोरपाटन/रासस
बागलुङको तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँका परम्परागतघरहरु । भौगोलिक विकटताका कारण पछाडि परेको तमान गाउँ सडक सञ्जालमा जोडिएसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ । तस्बिर : डम्मर बुढा मगर, रासस
बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदीमा फुलेको पहेँलपुर तोरी र पृष्ठभूमिमा कुँडुले गाउँ । यो तारीबारीमा दैनिक सयौँ आन्तरिक पर्यटक फोटो खिच्न र घुम्न आउने गरेका छन् ।तस्बिर : डम्मर बुढा मगर, ढोरपाटन,रासस
पाँचपोखरी थाङपाल गाउँपालिका—५ मा रहेको रमणीय गुन्सा गाँउ । तस्बिर : देवराज सुवेदी/रासस
सडकको सुविधा नपुगेको म्याग्दीको धवलागिरि गाउँपालिका१ स्थित गुर्जा गाउँ । तस्बिर : ध्रुवसागर शर्मा/रासस
म्याग्दीको गुर्जा गाउँ । रासस
रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बटालागाउँ । अधिकांश बटालाहरु बस्ने यो गाउँमा अहिले सडक, खानेपानी र विद्युतीकरणले बिस्तारै विकासको मूलधारमा आउन थालेको छ । तस्बिर : हेमन्त केसी/रासस
डोल्पो बुद्घ गाउँपालिका– ४ पोल्देगाउँ उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली । यहाँ वर्षमा एकपटक मात्र खेती गरिन्छ । कात्तिक महिनादेखि यहाँ हिमपात सुरु हुने गर्दछ । तस्बिर : हेमन्त केसी/रासस
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रशासकीय केन्द्र रहेको राडी ज्यूला । राडी ज्यूला रुकुम पश्चिमको दोस्रो बजारको रुपमा स्थापित हुँदै गएको छ । तस्बिरः हेमन्त केसी/रासस
डोल्पोवुद्ध गाउँपालिका–१ धो उपत्यकामा पाक्दै गरेका उवाबाली । यहाँको मुख्य बालीसमेत यही हो । वर्षमा एक बाली मात्र पाक्ने गर्दछ । तस्बिर ः हेमन्त केसी, रासस
हिमपातपछि डोल्पा ठूलिभेरी नगरपालिकाको जुफाल विमानस्थलबाट देखिने मुकुटेश्वर हिमालको सुन्दर दृश्य । तस्बिर : हेमन्त केसी, रासस
क्व्होलासोथर गाउँपालिका– ५ स्थित पर्यटकीय एवम परम्परागत घरबस्ती रहेको सिङदी गाउँ । तस्बिर : जनक श्रेष्ठ/रासस
बागलुङ नगरपालिका–४ कुडुले फाँटमा रहेको तोरीमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । अहिले उक्त फाँटमा तोरीको तस्बिर खिच्न र टिकटक बनाउनेको चाप छ । तस्बिर : खेमराज गौतम/रासस
बागलुङको जैमिनी नगरपालिका–७, जैदीस्थित अगुवा मौरीपालक किसान मोहोराज शर्माको घरमा पालिएको मौरीसहित घार । तस्बिर : खेमराज गौतम/रासस
बागलुङ नगरपालिका–५ मा रहेको बान्द्रे गाउँ । परम्परागत ढुङगेघरले भरिएको गाउँले मौलिक संस्कृति बचाएको छ । तस्बिर : डम्मर बुढा मगर/रासस
मुगुको छायानाथ रारा नगरपालिका–४, धानबाडास्थित गाउँ । तस्बिर रामदेबी खडका/रासस
बझाङको साइपाल गाउँपालिकामा अवस्थित लापडी गाउँ । यातायातका साधन नपुगेको यस गाउँपालिकामा भेंडा, खच्चरबाट खाद्यान्न ढुवानी गरिन्छ । तस्बिरः रमेश केसी
म्याग्दीको मालिका गाउँपालिका–७ बिम गाउँ । यो गाउँ धार्मिक पर्यटकीय स्थल मालिकाको फेदीमा अवस्थित छ । तस्बिर : सन्तोष गौतम/रासस
खेतको फाँटमा लगाइएको तोरी पहेँलपुर भएर फुलेपछि मनमोहन देखिएको म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौरको बस्ती । तस्बिर : सन्तोष गौतम/रासस
रुकुम(पूर्व)को पर्यटकीय गन्तव्य तकसेरा गाउँ । यो बस्ती रुकुम(पूर्व) को ऐतिहासिक र सबैभन्दा ठूलो एकीकृत बस्ती हो । तस्बिरः सर्जना कार्की/रासस
अविरल बग्ने कालीगण्डकी नदीले छुट्टयाएको वारी पर्वत र पारी बागलुङ जिल्लाको मनोरम दृश्यसँगै सदरमुकाम कुश्मा बजार, बन्जी पुल, देखिएको बलेवा एयरपोर्ट र बेलावा गाउँ । तस्बिरः सुमनजङ्ग थापा/रासस
सुर्खेतको बराहताल गाउँपालिका–७ मा रहेको पोखरीकाँडा गाउँ । तस्बिर : सुरेश आचार्य/रासस
सुर्खेतको बराहताल गाउँपालिका–७ मा रहेको नयाँवन गाउँ । तस्बिरः सुरेश आचार्य/रासस
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …