कुरिनटारमा जीपलाईन, उपप्रधानमन्त्री श्रेष्ठद्वारा उद्घाटन
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् ।
आइतबार साँझ त्यहाँ पुगेका श्रेष्ठले सोमबार विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएका थिए । कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीका अनुसचार जीपलाइनको अनुभव लिँदै श्रेष्ठले
जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको बताए ।
करिब रू तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …