तेस्रो लिगलिग साइकल दौडको तयारी पुरा
काठमाडौँ । ऐतिहासिक लिगलिग कोटमा तेस्रो साइकल दौडको तयारी पुरा भएको छ । लिगलिग कोटको ऐतिहासिक पक्ष, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको उजागरका योगदान दिने उद्देश्यका साथ शनिवार (चैत ४) गते तेस्रो साइकल दौड हुँदै छ । दौडका लागि सहभागीहरू आउने क्रम सुरु भइसकेको आयोजकले जनाएको छ ।
“तेस्रो साइकल दौडको तयारी पुरा भएको छ, रुटहरू सबै क्लियर भएको छ, प्राविधिक टोलीले चेकजाँच गरिसकेको” आयोजक लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष विनोद श्रेष्ठले भने, ”सहभागीहरू आउन सुरु भइसकेको छ ।”
उनले यस वर्षको दौडमा कम्तीमा ६० जना राष्ट्रिय तथा स्थानीय तहका साइक्लिष्टहरु सहभागी हुने बताए । आयोजकले लिगलिग साइकल दौडले स्थानीय रूपमा आयोजना गरिएको भए पनि राष्ट्रिय स्वरूप लिइरहेको बताएका छन् । स्थानीय रूपमा निरन्तर तेस्रो पटक आयोजना भएको यो एक मात्र साइकल दौड हो भने राष्ट्रिय तहका खेलाडीहरूले यसका लागि समय मिलाउने गरिएको छ । दौडको रुट भने पुरानै रहेको छ ।
मूल प्रतियोगिताको पुरस्कार राशि प्रथम हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई ३० हजार, चौथो हुनेलाई १५ हजार र पाँचौँ हुनेलाई ७५०० रुपैयाँ रहेको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …