कामीरिताले सगरमाथा २८ औं पटक चढे, एक सातामै दुई पटक सर्वोच्च शिखरको चुचुरामा
कीर्तिमानधारी आरोही कामीरिता शेर्पाले मंगलबार बिहान २८ औं पटक सर्वोच्चा शिखर सगरमाथाको शिखर चुमेका छन् ।
सोलुखुम्बु थामेका ५४ वर्षीय कामीरिताले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्सले जनाएको छ । उनी सभेन समिटको सद्भावना दूत पनि हुन् ।
सोलुखुम्बु पाङबोचेकै पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।
यही सिजनको एक साताभित्रै कामीरिताले गरेको यो दोस्रो सगरमाथा आरोहण हो । यसअघि उनले मे १७ तारिखमा सगरमाथाको सफल आरोहण गरेका थिए ।
उनको सगरमाथा आरोहणको यात्रा सन् १९९२ मा सपोर्ट स्टाफको रुपमा सुरु भएको थियो । हालसम्म सबैभन्दा धेरै पटक सगरमाथा चढेको लगायत सात वटा हिमाल आरोहणसँग सम्बन्धित बिश्वकीर्तिमान छन् । यस पटकको पनि उनले आफ्नो कीर्तिमान कायमै राखेका छन् ।
यो पनि:
कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …