July 2, 2023

पटक पटक समस्या आएपछि श्री एयरलाइन्सको सबै आन्तरिक उडान स्थगित

Shree Airlines is going to do test flight to Baranasi
फोटो : श्री एयरलाइन्सको वेवसाइट ।

उडिरहेका बेला जहाजमा पटक पटक समस्या देखिए पछि श्री एयरलाइन्सले आइतबारका सबै उडान स्थगन गरेको छ ।

श्रीले शनिबार राति विज्ञप्ति जारी गर्दै ‘प्राविधिक समस्या’ सामना गर्नु परेका कारण असार १७ गतेका सबै आन्तरिक उडान स्थगन गरेको जनाएको छ । एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणले नभइ कम्पनी आफैले सबै जहाजहरुको प्राविधिक जाँचका लागि आइतबारका उडानहरु स्थगन गरेको जनाएको छ ।

शनिबार पनि काठमाडौंबाट धनगढीका लागि उडेको श्रीको ड्यास–८ क्यू–४०० विमान प्राविधिक समस्या देखिएपछि चाकल दलले काठमाडौंमै फर्काएको थियो । ‘प्राविधिक समस्या नदोहोरियोस् भनी असार १७ का दिन हुने यस एयरलाइन्सका सम्पूर्ण उडान स्थगन गरी सबै विमानको सम्पूर्ण प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको छ,’ श्रीले विज्ञप्तिमा भनेको छ । श्रीले सोमबारदेखि पुन: उडान सञ्चालन गरिने जनाउँदै आइतबार टिकट खरिद गरिसकेका यात्रुहरुसँग माफी मागेको छ ।

श्री काठमाडौंबाट भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान गर्दै आइरहेको छ । श्रीसँग क्यानेडियन ड्यास क्यू–४०० विमान ४ र सीआरजे ४ गरी ८ वटा विमान छन् ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …