March 17, 2024

पर्वतारोही तथा फिल्म निर्माता डेभिड ब्रेशियर्सको ६८ वर्षको उमेरमा निधन

सन् १९९८ मा प्रिमियर गरिएको सगरमाथा आरोहणसम्बन्धी डकुमेन्ट्री ‘माउन्ट एभरेष्ट’ का सह-निर्देशित तथा सह-निर्माण डेभिड ब्रेशियर्सको निधन भएको छ । पर्वतारोही, लेखक र फिल्म निर्माता ब्रेशियर्सको ६८ वर्षको उमेरमा मृत्यु भएको छ उनको व्यवसाय प्रबन्धक एलेन गोलब्रान्सनले शनिबार पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

गोलब्रान्सनका अनुसार ब्रेशियर्स बिहीबार म्यासाचुसेट्सको मार्बलहेडमा रहेको उनको घरमा अचेत अबस्थामा भेटिएका थिए । उनले मृत्यु प्राकृतिक बताइए पनि “मृत्युको वास्तविक कारण भने थाहा हुन नसकेको उनले बताइन् ।

ब्रेशियर्सले सन् १९९६ मा आइम्याक्स क्यामेरासहित पाँच पटक सगरमाथा आरोहण गरेको उनको परिवारले बताएको छ ।

“उनले आरोहण र फोटोग्राफीको लागि आफ्नो हुटहुटीले संसारको सबैभन्दा प्रशंसनीय साहसिक फिल्म निर्माताहरू मध्ये एक बनायो,” उनको परिवारले दिएको लिखित सन्देशमा भनिएको छ ।

उनले सन् २००७ मा ग्लशियर वर्कस् भन्ने संस्थाको स्थापना गर्यो । उक्त संस्थाले “कला, विज्ञान र साहसिक कार्यको माध्यमबाट हिमालयन हिमनदीहरूमा परिवर्तनहरू हाइलाइट गर्ने” गैर-नाफामुखी संस्थाको रूपमा आफ्नो छवि बनाएको छ ।

उनले ग्लेशियर वर्क्सका माध्यमबाट आफ्नो आरोहण र फोटोग्राफी अनुभव प्रयोग गरेर हिमाल श्रृंखलामा जलवायु परिवर्तनको नाटकीय प्रभावहरूलाई विश्व सामु ल्याएका थिए ।

सन् १९८३ मा उनले सगरमाथाको शिखरबाट पहिलो प्रत्यक्ष टेलिभिजन तस्विरहरू प्रसारण गरेका थिए भने सन् १९८५ मा दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुग्ने पहिलो अमेरिकी नागरिक बनेको उनको वेवसाइटमा उल्लेख छ ।

सन् १९९६ मा ब्रेशियर्स र उनको टोलीले सगरमाथाको वृत्तचित्र खिचिरहेको बेला हिमपात भएर आठ पर्वतारोहीको मृत्यु भएको थियो । उनी र उनको टोलीले आरोहीहरूको उद्दारमा सघाउन सघाउन चलचित्रको छायांकन रोकेका थिए ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …